चोकबजारको डिस्प्लेमा मतपरिणाम

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,१७वैशाखः इलाममा मतगणना जारी छ । मतगणनाको नतिजा इलाम चोक बजारको डिस्प्लेमा समेत देखाईएको छ । नतिजा हेर्न चोकमा मानिस भरिभराउ छन् । सहायक निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठकाअनुसार मतगणनाको नतिजा मतगणनास्थलमा घोषणा गर्ने र त्यसको अंक डिस्प्लेमा सार्वजनिक गर्ने गरिएको हो । ‘गणनास्थलको भिड घटाउन र धेरैभन्दा धेरैलाई एकैपटक मतगणनाको नतिजा देखाउन डिस्प्लेमा सार्वजनिक गरिएको छ,’ उहाँले भन्नुभयो ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उहाँको निधन भएपछि उपनिर्वाचन भएको हो। शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन् । तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खसेको बताउनुभयो । इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका गणनाको अन्तिम चरणमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय