सूर्योदयले चुम्यो माईजोगमाई अध्यक्ष कपको उपाधि

द्वारा प्रकाशित गरिएको हो |
२०८१ जेष्ठ १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः दोश्रो संस्करणको माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि सूर्योदय नगरपालिकाले चुमेको छ । माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार स्थित बालागुरु खेलमैदानमा सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिकालाई ३,१ गोलअन्तरले हराउँदै सूर्योदयले उपाधि चुमेको हो ।

माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा बैशाख २५ गतेबाट जारी प्रतियोगितामा इलामका १० पालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता सूर्योदयले २ लाख ११ हजार १ सय ११ र उपविजेता इलामले १ लाख २१ हजार १ सय ११ रुपैया प्राप्त गरेका छन ।

फाइनलसम्म पुग्न इलामले सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका र माईजोगमाई गाउँपालिकालाई हराएको थियो । सूर्योदयले फाकफोकथुम गाउँपालिका, माई नगरपालिका र देउमाई नगरपालिकालाई हराएको थियो । परिषदले गत बर्षबाट पालिका स्तरिय प्रतियोगिता संचालन गरेको हो ।

पहिलो संस्करणमा फाकफोकथुम गाउँपालिकालाई टाइब्रेकरमा हराउँदै इलाम नगरपालिकाले उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय