सूर्योदयमा एक दिने इञ्जिनियर अभिमूखिकरण तालिम सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०८१ असार १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रविन विसी

इलाम(फिक्कल)ः सि.एस.इवी इन्टरलकिङ इट्टा बारे इलामको सूर्योदयमा प्राविधिक धारका कर्मचारीहरुलाई एक दिने इञ्जिनियर अभिमूखिकरण तालिम सम्पन्न भएको छ ।

कम्युनिटी इम्प्याक्ट नेपाल र बिल्ड अप नेपाल कुसुन्ती हाइट ललितपुरको आयोजनामा भएको तालिमलाई बिन्ध्यावासिनी इको इट्टा उद्योग सूर्योदय १० ले सहआयोजना गरेको थियो ।सूर्योदय नगरपालिकामा कार्यरत प्राविधिकहरुलाई शुक्रबार एक दिने तालिम दिइएको बिन्ध्यावासिनी इको इट्टा उद्योगका सञ्चालक प्रमोद सापकोटाले जानकारी दिनुभयो।

कार्यक्रममा इन्टरलकिङ इको इट्टाको महत्व र यसको लागत बारे बुझाइएको थियो । सहजकर्ताले रातो इट्टाको हकमा इन्टरलकिङ इट्टामा कम लागत, वर्षौंसम्म टिक्न सक्ने, राम्रो गुणस्तर भएकाले आफ्नै नगरपालिका भित्र उद्योग रहँदा यसका फाइदाबारे भिडियो सामग्री सहित देखाएका थिए।

थोरै लागतमा भरपर्दो मजबूत इट्टा र नगरपालिका भित्र उत्पादन गर्दै आएको बिन्ध्यावासिनी इन्टरलकिङ र्इँटा सम्बन्धी नगरपालिकाले चासो र महत्वका साथ प्राथमिकता दिएपछि नगरका प्राविधिकहरुलाई इको इट्टा सम्बन्धी सम्पूर्ण जानकारी गराईएको प्रमोद सापकोटाले बताउनुभयो ।

कम्युनिटी इम्प्याक्ट नेपालका इन्जिनियरद्वय प्रतीक ढकाल र गहेन्द्र कटुवालले सहजीकरण गराउनु भएको तालिममा २५ जना प्राविधिकहरुको सहभागिता रहेको सापकोटाले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय