सरिता राई
इलामः मानव अधिकार मन्चको आयोजना र जिआईजेट जेठएफडि को आर्थिक सहयोगमा मनोसामाजिक मनोविमर्शका सवाल र सरोकारवालाहरुको भुमिका विषयक प्रदेश स्तरिया कार्यशाला सनिबार विराटनगरमा सम्पन्न भएको छ।
कार्यक्रममा मनोसामाजिक मनोविमर्शकर्ताहरुको प्रदेशमा कस्तो अवस्था छ र उनिहरुलाई संगठित बनाउनका लागि नेटवर्क निर्माण गर्ने उद्देशयका साथ आयोजना गरिएको मन्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताउनुभयो ।
कार्यशालामा शान्ती सहजकर्ता मिरोनेल डिवाइल्डले मनोविमर्शको नेटवर्कको आवश्यकता किन छ? यसलाई कसरी चलाउने लगायतको विषयमा आफ्नो प्रस्तुतीकरण राख्नुभएको थियो ।
यस्तै जिआईजेटका कारोलिना बुजकोले मनोसामाजिक विमर्शका वर्तमान अवस्था, प्रवृती कस्तो रहेको छ भन्ने विषयमा प्रस्तुतीकरण राख्नुभयो ।
मनोविमर्शकर्ता राधा प्रधानले मनोविमर्शकर्ताहरुलाई सांगठनिक स्वरुप दिन, आफ्नो हक अधिकार व्यवस्थित गर्नका लागि नेटवर्क को आवश्यकता रहेको बताउनुभयो।
मनोविमर्शकर्ता अम्बिका मगरले अहिले कोशी प्रदेशमा मनोसामाजिक समस्यामा पर्ने व्यत्तिहरु धेरै रहेको अवस्था रहेको बताउँदै यसका कारण भने लैङ्गक हिंसा, बलात्कार र आत्महत्या रहेको बताउनुभएको छ । आफू विगत लामो समय देखि यस क्षेत्रमा काम गर्दै आएको भएपनी संगठित हुन नसक्दा विभिन्न समस्याहरु रहेको उहाँले बताउनुभयो ।
यस्तै मनोविमर्शकर्ता गितान्जली शर्माले आफुले लामो समयसम्म यश क्षेत्रमा काम गरेता पनि स्थानियसरकारले मनोविमर्शको काम नदेखिरहेको अवस्था सुनाउनुभयो ।साथै स्थानिय सरकारको बुझाईम कमजोर रहेको बताउनुभयो । यसका लागि सबै मनोविमर्शकर्ताहरु संगठित हुनका लागिनेटवर्क गठन आवश्यक रहेको उहाँको भनाई छ ।
यसैगरिअर्का मनोविमर्शकर्ता लिला थापाले मनोविमर्शलाई विशिष्टिकृत गरेर लानुपर्ने धारणा राख्नुभएको छ । जसका लागि तालिम लिएर मनोविमर्शकर्तालाई सीप परिक्षण गरि सिटिईभिटी बाट प्रमाणपत्र लिन सक्ने वतावरण बनाउन् सक्ने उहाँको सुझाव छ। सबै मनोविमर्शकर्ताहरु एकजुट हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
छलफल पछि मनोसामाजिक मनोविमर्शकर्ताहरुको नेटवर्क समेत गठन भएको छ। मनोविमर्शकर्ता रुद्र थेवेको संयोजकत्वमा ११ सदस्यीय सन्जाल गठन भएको हो। सह संयोजकमा मन्जिता उपाध्याय र सचिव मनिकुमार केरुङ रहेका छन। विभिन्न जिल्लाका मनोविमर्शकर्ताहारुलाई समेटी सन्जाल गठन गरिएको हो।
कार्यक्रममा सन्जालका संयोजक रुद्र थेवेले आगामी दिनमा प्रदेशभरिका मनोविमर्शकर्ताहरुको भेला आयोजना गरि सुचिकृत र वर्गिकृत गर्ने , मन्त्रालयसँग समन्वय गर्ने बताउनुभएको छ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि मिलन निरौलाले यो नेटवर्क गठन गर्न अत्यावश्यक रहेको बताउनुभयो । साथै यसरी संगठित भएर आएमा आफुहरुले समन्वय सहकार्य गर्न सजिलो हुने बताउनुभएको छ।
यस्तै सामाजिक विकाश मन्त्रालयका प्रतिनिधि सुनिता भट्टराईले मनोविमर्श सेवा र आवस्यकता रहेको छ जसको लागि यसरी संगठित भएर आएमा आफुहरुले समेत समन्वय गर्ने बताउनुभयो । साथै उहाले सबै निकायलाई बोलाएर छलफल गरे एउटा निकाश निस्किने समेत बताउनुभयो।
कार्यक्रमको समापन सत्रमा बोल्नुहुदै मानव अधिकार मन्चका अध्यक्ष मोहनसिंह थेवेले यो कार्यशाला महत्त्वपूर्ण रहेको बताउनुभएको छ । जसमा सबैको सक्रिय सहभागीता रहेकोमा धन्यवाद व्यक्त्त गर्नुभयो । साथै सन्जालका मनोविमर्शकर्ताहरुलाई सक्रियतका साथ काम गर्न सुझाव दिनुभएको छ। यस्तै सामाजिक विकास मन्त्रालायलाई मनोविमर्शकर्तहरुको हक अधिकारलाई सुनिस्चित बनाउन समन्वय सहकार्य गर्न अनुरोध गर्नुभयो।
कार्यशालाको सहजिकरण मन्चका कार्यक्रम संयोजक पारस राईले गर्नुभएको थियो ।