
इलाम,२२जेठः नेपाल पत्रकार महासंघ इलामले यहाँका पत्रकारलाई आधुनिक प्रबिधिसँग नजिक बनाउन मल्टी मिडिया र पत्रकारितामा एआइ सम्बन्धी तालिम सुरु गरेको छ । प्रविधिको विकास सँगै पत्रकारितालाई परिवर्तित गर्न तालिम आयोजना गरिएको महासंघ अध्यक्ष भीम चापागाईले बताउनुभयो । बिहिबार इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले उद्घाटन गर्नुभएको उक्त तालिममा जिल्लाभरका क्रियाशील ३० भन्दा बढी पत्रकारहरुको सहभागीता छ ।



इलाम नगरपालिकाको सहयोगमा सुरु भएको तालिमको उद्घाटन गर्दै नगर प्रमुख थापाले अहिलेको प्रविधिसँग जिल्लाका पत्रकारहरु पोक्त हुन सकुन भन्ने नगरपालिकाको अपेक्षा रहेको बताउनु भयो । ‘प्रविधिले पत्रकारहरुलाई अल्छी नबनाओस, तर प्रविधि सँग खेल्न सक्ने बनाओस भन्ने हाम्रो अपेक्षा छ ।’ प्रमुख थापाले भन्नुभयो ।
उद्घाटनको अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सटेन्द्र जबेगु, महासंघका पूर्व अध्यक्ष सोमनाथ सुसेली, पूर्व अध्यक्ष कोकिला ढकाल, पूर्व अध्यक्ष विप्लव भट्टराई, प्रदेश समिति सदस्य बुद्धमाया सोङ्मी, इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठ, इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
तालिमको पत्रकार भीषण राई र जीवन भण्डारीले सहजीकरण गर्ने महासंघ सचिव टीका खतिवडाले बताउनुभयो । महासंघको सभाहलमा सुरु भएको तालिममा महासंघ उपाध्यक्ष लोकेन थेवेले स्वागत मन्तव्य राख्नुभएको थियो ।