फिक्कल नमुना माविमा अभिनय कार्यशाला सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०८२ असार १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामको सूर्योदय नगरपालिका १० स्थित फिक्कल नमुना माध्यमिक विद्यालयमा अभिनय कार्यशाला सुरु भएको छ। फिक्कलस्थित विद्यालय परिसरमा असार १ गतेदेखि सुरु भएको कार्यशाला असार १५ गतेसम्म सञ्चालन हुनेछ।

कार्यशालामा विद्यार्थीहरूलाई अभिनय सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक तालिम प्रदान गरिने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य पुरु लम्सालले बताउनुभयो । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा विद्यालयको ग्लोबल कमिटीले आयोजना गरेको छ । ।

कार्यक्रमको उद्घाटन सूर्योदय नगरपालिकाका नगर उपप्रमुख दुर्गा कुमार बरालले गर्नुभयो । बरालले कलाले मानिसमा नयाँ जोश र जाँगर उत्पन्न गराउने भएकाले यसको माध्यमबाट समाज सुधार गर्न लाग्नुपर्ने बताउनुभयो । फिक्कल नमुना माविका प्रधानाध्यापक गंगाबहादुर महतको अध्यक्षतामा भएको कार्यक्रमलाई सुजन नेपालले सञ्चालन गर्नुभएको थियो । प्रशिक्षक लम्सालका अनुसार करिव २५ विद्यार्थीहरूलाई अभिनयको आधारभूत ज्ञान, रंगमञ्चीय अनुशासन, स्वरको प्रयोग, शरीरको भाषा, पात्र निर्माण र दृश्य अभिनयका विभिन्न पक्षहरूबारे प्रशिक्षण दिईनेछ ।

कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो भने स्थानीय समुदायबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको विद्यालयका प्रधानाध्यापक महतले बताउनुभयो। कार्यशालाबाट अभिनयमा रुचि राख्ने विद्यार्थीहरूलाई नयाँ प्रेरणा मिलेको सहभागीहरूले विद्यार्थीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय