श्रीनिधी हस्पिटल फिक्कलमा गर्भवतीका लागि एनोमली स्क्यान सेवा सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०८२ श्रावण ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः
सूर्योदय नगरपालिका–१० फिक्कलस्थित श्री निधी हस्पिटलले अबदेखि गर्भवती महिलाहरूका लागि एनोमली स्क्यान (विसंगति स्क्यान) सेवा सञ्चालनमा ल्याएको छ।

२० हप्ताको गर्भावस्थामा गरिने यो विशेष प्रकारको स्क्यानमार्फत गर्भमा रहेको शिशुको शारीरिक संरचना र अंग–प्रत्यंगको अवस्थाबारे जानकारी लिन सकिन्छ। यो सेवा सुरु भएपछि इलाम र आसपासका क्षेत्रका गर्भवती महिलाहरूलाई समयमै समस्या पहिचान गर्न र आवश्यक निर्णय लिन सहज हुने अपेक्षा गरिएको हस्पिटलका सञ्चालक विवेश अधिकारीले बताए।

“हाम्रो लक्ष्य हो — आमाबच्चाको सुरक्षाका लागि गुणस्तरीय र समयमै स्वास्थ्य परीक्षण उपलब्ध गराउनु। एनोमली स्क्यानले शिशुमा कुनै जन्मजात विकृति वा अपांगता छ कि छैन भन्ने थाहा पाउन मद्दत गर्छ।” सञ्चालक अधिकारीले भने, “पहिले यस्तो सेवा उपल्लो केन्द्र वा शहरमा मात्र उपलब्ध थियो। अब फिक्कलमै सुविधा उपलब्ध भएपछि समय, खर्च र जोखिम सबै घट्नेछ।”

रेडियोलोजी विशेषज्ञद्वारा गरिने यो स्क्यान अल्ट्रासाउन्ड प्रविधिमार्फत गरिने भएकाले आमाबच्चा दुवैको लागि सुरक्षित मानिन्छ। स्क्यानका क्रममा शिशुको मस्तिष्क, मेरुदण्ड, मुटु, मिर्गौला, आन्द्रा, हातखुट्टा लगायत अंगहरूको विस्तृत जाँच गरिन्छ।

श्री निधी हस्पिटलले नियमित रुपमा गाइनोकोलोजी, प्रसूति सेवा, आकस्मिक प्रसव सुविधा, तथा नवजात शिशु सम्बन्धी सेवा प्रदान गर्दै आएको छ। हस्पिटल प्रशासनले एनोमली स्क्यान गराउने इच्छुक महिलाहरूलाई २० हप्ताको आसपासमा अनिवार्य रुपमा जाँच गराउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय