खेमराज ढकाल
१७पुष,इलामः सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा बर्षेनी लाग्दै आएको ‘टारी गोल्डकप तथा पर्यटन महोत्सव’ परम्पराका रुपमा विकसित हुँदैछ । २०७८ सालयता व्यवस्थित रुपमा निरन्तर आयोजना गरिँदै आएको उक्त महोत्सव यसवर्ष पौष २३ गतेदेखि माघ ०१ गतेसम्म सञ्चालन हुने भएको छ।
स्थानीय पर्यटन, खेलकुद, कृषि र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजक समितिका सचिव रूपेन नेम्वाङले जानकारी दिनुभयो।



नेम्वाङले भन्नुभयो, ूमहोत्सवका प्रमुख आकर्षणमा फुटबल प्रतियोगिता, आदिवासी जनजातिको सांस्कृतिक प्रस्तुति, मनमोहक टारी बेँसी, ऐतिहासिक झुलुङ्गे पुल, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको माइ नदी, गौरिगाउँ चुलीमाथा, १०० वर्ष पुरानो धनकुटे पुल र मम गुफानेश्वर धाम रहेका छन्।ू
यसैगरी महोत्सवमा स्थानीय उत्पादनका परिकारहरू, कृषि फलफूलको प्रदर्शनी, होमस्टे व्यवस्थापन लगायत कार्यक्रम समावेश गरिएको आयोजकका विशाल साउदेनको भनाई छ ।
ूमहोत्सवले स्थानीय किसान, व्यवसायी र पर्यटन व्यवसायलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरेका छौँ ।ू उपाध्यक्ष रूद्र साउदेनले भन्नुभयो,ू
खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने र टारी क्षेत्रको पर्यटन सम्भावना राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित आयोजना गरेका हौँ ।ू
यसअघिका संस्करणमा खुल्ला र भेट्रान्स मात्र आयोजना हुँदै आएकोमा यस पटक यु–१४ थप गरिएको हो । खुला पुरुषतर्फ १६ टिम सहभागी हुनेछन् ।
विजेताले नगद ७० हजार र उपविजेताले ३५ हजार नगद पाउनेछन् । भेट्रानतर्फ ८ टिम सहभागी हुनेछन् । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउनेछन् । यु–१४ प्रतिस्पर्धाका विजेताले नगद १० हजार तथा उपविजेताले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । टिम दर्ता यसपटक निःशुल्क गरिएको सचिव नेम्बाङले बताउनुभयो ।
प्रतियोगिताका लागि पुरस्कारबाहेक व्यवस्थापनमा करिब साढे ३ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । आयोजक टारी फुटबल क्लब अध्यक्ष महेन्द्र साउदेनले करिब ४० लाख रुपैयाँ खर्चेर ११ रोपनी ५ आना जमिनमा सेभेन साइजको खेलमैदान निर्माण गरिएको बताउनुभयो । २०७८ सालयता निरन्तर प्रतियोगिता सञ्चालन गर्दा पटक–पटक खेलमैदान लिजमा लिँदै खेलाउँदै फिर्ता दिँदै गरेको अवस्थामा अहिले आफ्नै खेलमैदान हुनु खुसीको कुरा भएको उहाँको भनाइ छ । महोत्सवले गाउँमा छुट्टै रौनक दिनेगरेको छ ।
महोत्सव अवधिभर गाउँका प्राय घरमा पाउना भरिभराउ हुन्छन् । लाग्छ यहाँ दँशै, तीहार जस्ता चाड चलिरहेको छ । ‘सुलुबुङको सत्कार प्रिय हुन्छ । गत बर्ष महोत्सव भर्न त्यहाँ पुगेका थियौँ ।’ झापाका रगुनाथ अर्यालले भन्नुभयो, ‘गाउँको एकता पनि उत्तिकै लोभलाग्दो रहेछ ।’

