इलामः आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा २ लाख ३१ हजार ८ सय ९ मतदाता संख्या कायम भएको छ ।
निर्वाचनका लागि १ लाख १२ हजार १ सय ५८ महिला, १ लाख १९ हजार ६ सय ४८ पुरुष र अन्य ३ को मतदाता नामावली कायम भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । आगामी निर्वाचनका लागि जिल्लामा १ सय ५० मतदानस्थल र २ सय ९० मतदान केन्द्र छन् ।



गत निर्वाचनमा भन्दा आउँदो निर्वाचनका लागि ५ मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार यसपटक सूर्योदय नगरपालिका–१२, करफोक मावि, इलाम नगरपालिका–८ को विद्या सिर्जनात्मक मावि, चुलाचुली २ को जनता मावि, देउमाईको डम्बरदेवी मावि र माइजोगमाई(५ को सिरिसे माविमा १(१ गरी ५ मतदान केन्द्र थप भएको छ ।

