इलामः इलामको सूर्योदय नगरपालिका–१ मकरजुङमा नयाँगीत ‘तिर्खाले खोली धाएको’को म्युजिक भिडियो छायाङ्कन सम्पन्न भएको छ। सोनिया गोङ्ग्बा र सन्तोष राईको स्वर रहेको गीतमा डी-पी खनालको शब्द, शंकर थापा (स्माइल)को संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।
म्युजिक भिडियोको निर्देशन हिकेश राईले गर्नुभएको हो भने छायाङ्कन एचकेआर प्रोडक्सन हाउसको टोलीले गरेको हो। भिडियोमा मुकेश गुरुङ र अङ्किता अधिकारीले अभिनय गर्नुभएको छ।
छायाङ्कनका लागि सूर्योदय नगरपालिका–१ मकरजुङका प्राकृतिक तथा ग्रामीण परिवेशलाई रोजिएको थियो। खेतबारी, चियाबारी, मकैबारी, हरियाली वातावरण तथा गाउँको बीचबाट बनिएको पक्की नागबेली सडक लगायतका दृश्यहरू भिडियोमा समेटिएका छन्। ग्रामीण जीवनशैली र स्थानीय प्राकृतिक सौन्दर्यलाई उजागर गर्ने उद्देश्यका साथ छायाङ्कन गरिएको कलाकार गुरुङले बताउनुभयो ।
निर्देशक राईका अनुसार, म्युजिक भिडियोको सम्पादन तथा अन्य प्राविधिक कार्य सम्पन्न भएपछि दर्शकमाझ सार्वजनिक गरिनेछ।

