इलामः नेपाली कांग्रेस इलाम क्षेत्र नं। १ को क्षेत्रीय सचिव पदमा राजेन्द्र तुम्लिङ्गेले उम्मेदवारी घोषणा गरेका छन् ।
सूर्योदय नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा तुम्लिङ्गेले युवा सहभागिता, संगठन सुदृढीकरण तथा इलामको समृद्धिलाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएको बताएका छन् ।
उनले पार्टी संगठनलाई थप सक्रिय र मजबुत बनाउँदै युवालाई नेतृत्व तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘युवा शक्ति, संगठनको मजबुती र समृद्ध इलामका लागि मेरो उम्मेद्वारी हो ।’ उनले भने ।

