इलामः कलाकार सन्देश खड्का र सञ्जिता धिमाल अभिनीत म्युजिक भिडियो ‘तिम्रै हुन खोज्दै छु म’ सार्वजनिक भएको छ ।
एचकेआर इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको यस गीतमा दिनेश मण्डुको शब्द र ताराबिर पाण्डेको संगीत रहेको छ भने नन्दु गुरुङले आफ्नो स्वर दिएका छन्।
भिडियोको निर्देशन, छायांकन तथा सम्पादन एचकेआर प्रोडक्सन हाउसका प्रोप्राईटर हिकेस राईले गरेका छन्।
प्रेम र रोमान्सलाई मुख्य विषयवस्तु बनाइएको यस गीतले नेपाली संगीतप्रेमी दर्शक तथा स्रोताको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ।
गीतको छायांकन इलामको पर्यटकीय गन्तब्य जौबारी, मेघमा, नयाँबजार लगायतका क्षेत्रमा गरिएको राईले बताएका छन् ।
सूर्योदय नगरपालिका वडा नं १ घर भएका कलाकार खड्काले पहिलोपटक उक्त म्युजिक भिडियो मार्फत कला क्षेत्रमा पाइला चालेको बताएका छन् भने सञ्जिताले विभिन्न म्युजिक भिडियो र हाँस्य टेलीशृंखलामा समेत अभिनय अनुभव बटुलेको सुनाएकी छन् ।
खड्का सञ्चार क्षेत्रमा समेत सकृय छन् । इलाम खबर डटकमको सम्वाददाता रहेका खड्का प्रेस चौतारी नेपाल, इलामको कार्यसमिति सदस्य पनी हुन् ।

