सूर्योदयमा एमालेबाट निर्वाचित १० मध्ये ९ वडाध्यक्ष समाजबादीमा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सूर्योदय नगरपालिकामा नेकपा एमालेले जितेका १० वडामध्ये नौ वडाध्यक्ष नेकपा समाजबादी केन्द्रमा हस्ताक्षर गरेका छन् । सूर्योदयका १४ वडामध्ये दुई, चार, पाँच, छ, आठ,नौ, दश, एघार र १२ का वडाध्यक्षहरू नेकपा एकीकृत समाजबादीमा सनाखत गरेका छन् ।
सूर्योदय नगरपालिकाका वडा न‍‍ २ चन्द्रकुमार सुब्बा, वडा नं।४ का वडाध्यक्ष मधुसुदन लामिछाने, वडा नं।५ का वडाध्यक्ष प्रेमबहादुर तामाङ, वडा नं। ६ का वडाध्यक्ष शिवकुमार बस्नेत, वडा नंं ८ का वडाध्यक्ष सुभासकुमार राई, वडा नं।९ का वडाध्यक्ष देवेन्द्र शर्मा, वडा नं। १० का वडाध्यक्ष पेमा उगेन लामा, वडा नं। ११ का वडाध्यक्ष टेकबहादुर राई र वडा नं।१२ का वडाध्यक्ष डोलेन्द्र भारद्वाज समाजबादीमा सनाखत गरेका हुन् ।
यस्तै, एमालेबाट जितेका वडा नं। ३ का वडाध्यक्ष होमबहादुर कार्की र नगर उपप्रमुख दुर्गादेवी भट्टराई एमालेमै रहेका छन् । यस्तै, सूर्योदयका ४२ जनप्रतिनिधि समाजबादीमा हस्ताक्षर गरेका हुन् । नेकपा समाजबादी केन्द्रले यो संख्या बढ्न सक्ने जनाएको छ । नयाँ पार्टी रोज्नका लागि भोलिसम्म म्याद रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय