इलामः प्रेस चौतारी नेपाल स्थापनाको २४औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इलाम शाखाले दीप प्रज्वलन गरेको छ । कार्यक्रम इलाम चोक बजारमा सम्पन्न भएको जिल्ला सचिव किरण पौड्यालले जानकारी दिईएका छन् ।
स्थापना दिवसको अवसरमा शुभकामना मन्तब्य राख्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले सञ्चार क्षेत्रको आमूल परिवर्तनका निम्ति प्रेस चौतारीको योगदान अतुलनीय रहेको बताए ।



उनले मुलुकमा पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको निन्ति आवाज उठाउने संगठन प्रेस चौतारी नेपाल रहेको बताए ।
यस्तै, कार्यक्रममा बोल्दै नेकपा एमाले इलामका प्रचार विभाग प्रमुख रबिन्द्र सुबेदीले सञ्चार क्षेत्रमा प्रेस चौतारी नेपालले सम्झनलायक काम गरेको सुनाए । जिल्लामा समेत प्रेस जगत्का निम्ति चौतारीले उल्लेखिय काम गरेको र आउँदा दिनमा समेत गर्ने अपेक्षा राखेको बताए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले पत्रकारिता जगत्मा प्रेस चौतारीको भूमिका धेरै रहेको बताए । कार्यक्रममा चौतारीका पूर्वअध्यक्षहरु, नेकपा एमालेका पदाधिकारीहरु ल्गायतको उपस्थिति थियो ।
कोरोना भाईरस र प्रतिकुल मौषमका कारण अन्य कार्यक्रम गर्न नसकिएको प्रेस चौतारी इलामका अध्यक्ष भिम चापागाईले बताएका छन् ।
सचेतनामुलक कार्यक्रम तथा माक्स लगायतका स्वास्थ्य सामाग्रि वितरण जस्ता कार्यक्रम गरि स्थापना दिवस मनाउने तयारी गरेको भएपनि प्रतिकुल मौषमीका कारण गर्न नसकिएको कोषाध्यक्ष भगिरथ भण्डारीले जानकारी दिईएका छन् ।
विसं २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा आज चौतारीले केन्द्रस्तरसहित विभिन्न जिल्लामा कार्यक्रम गरेको हो ।


