फिक्कलः सामुदायिक विद्यालयहरुमा व्यवस्थापन समिति गठन तथा पुनःगठन गर्ने माईजोगमाई गाउँपालिकाको निर्णय प्रति नेकपा एमाले र नेपाली कांग्रेसले आपत्ति जनाएका छन् । गाउँसभाले संघिय शिक्षा ऐनसंग बाझिने गरि स्थानीय शिक्षा नियमावली पारित गरेको भन्दै उक्त नियमावली शंसोधन गरिनुपर्ने उनिहरुको माग छ । सो बिषयमा एमाले र कांग्रेसले माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईलाई छुट्टा छुट्टै ध्यानाकर्षण पत्र बुझाएका हुन । बैशाख ३० गते स्थानिय तहको निर्वाचन तोकिएको अवस्थामा निर्वाचनलाई प्रभाव पार्ने गरि व्यवस्थापन समिति गठन तथा पुनःगठन गर्न लागिएको दुई दलको आरोप छ । स्थानिय तहको निर्वाचन सम्पन्न नहुन्जेल सम्मको लागी उक्त प्रकृया स्थगित गर्न एमालेले माग गरेको छ । अन्यथा चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ । संघिय शिक्षा ऐनसंग बाझिने गरि स्थानीय शिक्षा नियमावली पारित गरेर शिक्षक नियुक्ति तथा ब्यवस्थापन समिति गठन जस्ता कार्यले दिर्घकालिन असर ल्याउने देखिएको कांग्रेसका प्रदिप खड्काले बताएका छन् ।






