झलनाथ खनालको आक्रोशः देउवा अमेरिकासामु नतमस्तक भए

द्वारा प्रकाशित गरिएको हो |
२०७८ फाल्गुन १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

काठमाडौंः पूर्व प्रधानमन्त्री तथा नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनालले अमेरिकाको दबाब झेल्न नसकेर प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा एमसिसी पेश गरेको बताएका छन्। उनले बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले अमेरिकी दबाब झेल्न नसकेको बताएका हुन्।

खनालले भने, ‘गठबन्धन बन्नुअघि पनि र गठबन्धनका वेलामा पनि हामीबीच यसबारे विवाद थियो। सरकार बनिसकेपछि बाहिरबाट पनि अलि बढी दबाब आयो। त्यो दबाब सम्भवतः हाम्रो प्रधानमन्त्रीले खेप्न सक्नु भएन।ु उनले प्रधानमन्त्री देउवाले पाँचदलीय गठबन्धनको बैठकमा एमसिसीको कुरा बारम्बार गरिरहेको र दबाबका कारण छिटो टुंग्याउनु पर्ने तथा एमसिसी नेपालको हितमै रहेको बताएको पनि उल्लेख गरे। उनले भने, ुदबाब खेप्न नसकेपछि उहाँले पटक(पटक पाँच दलको बैठकमा कुरा राख्नुभयो( चाँडोभन्दा चाँडो टुंग्याउनु पर्छ, यो एकदम नेपालको हितमा छ भन्नुभयो।

अमेरिकी पासोमा प्रधानमन्त्री

प्रधानमन्त्री देउवा अमेरिकाको पासोमा परेको पूर्व प्रधानमन्त्री खनालले बताए। उनले सत्ता गठबन्धनले चुनावपछि गहन छलफल गरेर निचोडमा पुग्ने प्रस्ताव राख्दासमेत प्रधानमन्त्री देउवाले अस्वीकार गरेको बताए। एमसिसी पास गराउन प्रधानमन्त्रीले एमालेसँग साँठगाँठ गर्नुको विकल्प नरहेको उनको भनाइ छ। उनले नेकपा एकीकृत समाजवादीले एमसिसीको विपक्षमा भोट हाल्ने र सत्ता गठबन्धनबाट एमसिसी पास नहुने दाबी गरे।

‘अब अमेरिकी आग्रह भन्ने कि अमेरिकी दबाब, तर अमेरिकी दबाबमा अहिले प्रधानमन्त्री पर्नुभएको देखिन्छ। पासोमा नै परेको जस्तो ढंगले उहाँले कुराकानी गर्नुभएको छ। आज नै गर्नुपर्‍यो भोलि नै गर्नुपर्‍यो, नगरी हुँदै हुँदैन भन्नुहुन्छ। हामीले ५ वर्ष यसै बितिसक्यो, अब चुनावपछि छलफल गरौँ भनेका हौँ । तर उहाँले मान्नुभएन। हामी विपक्षमा भोट हाल्छौँ। पास गर्नै पर्ने भए उहाँले एमालेसँग साँठगाँठ गर्नुको कुनै विकल्प छैन। साँठगाँठ गरेर उहाँहरु जानुहुन्छ भने हामीले के भन्नेरु भीरमा लडेको गाईलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिँदैन।’

९ वटा नयाँ सम्झौता

पूर्व प्रधानमन्त्री खनालले एमसिसीबारे अध्ययन गर्न सरकारद्वारा गठित ३ सदस्यीय कार्यदलमा पनि हरेक पार्टीका नेताको आ(आफ्नै धारणा आएकाले एमसिसीबारे स्पष्ट लिखित धारणा नबनाइएको बताए। ुत्यसपछि अध्ययन गरौँ भनेर तीन जनाको एउटा कार्यदल बनाइयो। कार्यदलका जम्मा ४ वटा बैठक भए। २ वटा बैठकसम्म दस्तावेज जम्मा गर्‍यौँ र त्यसैका आधारमा टुंगोमा पुगौँ भन्यौँ,ु उनले भने, ुतेस्रो बैठकमा सबै दस्तावेज आए। पहिला २०१७ दस्तावेज र २०१९ को कार्यान्वयन सम्झौता पाएका थियौँ। तर पछि अरु ९ वटा नयाँ सम्झौता पायौँ।ु

उनले एमसिसीमा रहेका केही शर्त अनावश्यक र आपत्तिजनक रहेका र कार्यदलले अध्ययनका क्रममा एमसिसीका २०१७ को दस्तावेज तथा २०१९ को कार्यान्वयन सम्झौताभन्दा बाहेक नयाँ ९ वटा सम्झौता फेला पारेको पनि दाबी गरे। उनले भने, ुचौथो बैठकमा आफ्नो धारणा राख्दा हामी आनका तान फरक भयौँ। त्यसपछि ज्ञानेन्द्रबहादुर कार्कीले नै के भन्नुभयो भने जति छलफल गरे पनि कुरा मिल्दैन, हामीसँग जे छ यही कुरा, अब लिखित पनि नबनाऔँ। प्रधानमन्त्रीलाई त्यही कुरा बुझाइदिऔँ भनेपछि त्यही कुरा प्रधानमन्त्रीलाई भन्यौँ।ु

देउवा अमेरिकासामु नतमस्तक भएको आरोप

पूर्व प्रधानमन्त्री खनालले अमेरिकासामु सरकार नतमस्तक भएर एमसिसी संसदमा पेश गरेको आरोप लगाए। उनले एमसिसी दुई सरकारबीच नभएर सरकार र अमेरिकाको एउटा कर्पोरेशन ९निगम०बीच भएको उनको भनाइ थियो। उनले एमसिसी अन्तरराष्ट्रिय सम्झौता नभएको र अमेरिकाले दबाब दिँदैमा नेपालले संसदबाट पारित गर्नुपर्ने शर्त स्वीकार्य हुन नसक्ने बताए। उनले देशको संविधानविरुद्ध गएर सरकारले एमसिसी संसदमा पेश गरेको आरोपसमेत लगाए।

‘यो अमेरिका र नेपाल, देश(देशबीचको सम्झौताभन्दा पनि अमेरिकाको एउटा निगमसँग नेपालले गरेको करार सम्झौता हो। अमेरिकाले भन्दैमा हामीले संसदबाट अनुमोदन गर्ने कुरा गर्‍यौँ, यो झुकेर, निहुरेर एउटा महाशक्तिसामु त्वम् शरणम् गरेको हो। यो संसदमा लैजानु पर्ने कुरै होइन। यस्ता खालका सन्धी सम्झौता संसदमा लैजाने हो भने हाम्रो संविधानले भनेअनुसार सामरिक हो कि, बोर्डरसँग सम्बन्धित हो कि, प्राकृतिक साधनस्रोतको उपयोगको बाँडफाँडसँग सम्बन्धित हो कि, के विषय सम्बन्धी सन्धी हो योरु यसको निर्क्योल भएको छैन। संविधानको धारा २७९ बमोजिम यी चारमध्ये यो के हो भन्ने टुंगो छैन। हाम्रो अध्यक्षले पनि सहमति दिनुभएको भन्ने कुरा छ, तर हाम्रो पार्टीले त्यसरी टेबुल गर्नुपर्छ भनेर कतै निर्णय गरेको छैन।’

अमेरिकी सुरक्षा अवधारणा पालन गर्नुपर्ने शर्त

उनले एमसिसी दस्तावेज अध्ययन गर्दा एमसिसी पास गरेपछि नेपालले अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणालाई पालन गर्नुपर्ने शर्त रहेको र यो नेपालका लागि स्वीकार्य नहुने बताए। उनले भने, ुशुरुदेखि नै त्यो दस्तावेज हेर्दा एमसिसी पारित गरिसकेपछि नेपालले अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणालाई पालन गर्नुपर्छ भन्ने शर्त छ। त्यो शर्त हामीलाई मान्य छैन। अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणा मानेपछि हाम्रो असंलग्नता तोडिन्छ र यो हाम्रो संविधानविरुद्ध हुन्छ भनेर हामीले मान्न सकेनौँ।

उनले सम्झौता पारित गरेपछि नेपालले उदार अर्थतन्त्र मान्नुपर्ने, बजार अर्थतन्त्र मान्नुपर्ने शर्त, अमेरिकाका प्रचलित कानूनहरु र पछि बन्ने कानूनहरु समेत मान्नुपर्ने जस्ता शर्त रहेको उल्लेख गर्दै नेपालले एमसिसी पास गर्न नसक्ने बताए। उनले भने, ुसम्झौता पालना गरिसकेपछि अमेरिकाका प्रचलित कानून र पछि बन्ने कानून पनि मान्नुपर्छ भन्ने शर्त झनै खतरनाक छ। सैनिक रणनीतिसम्बन्धी ऐन, कानून बन्लान् अमेरिकाका( ती सबै हामीले कसरी मान्न सक्छौँरु त्यसैले यो आपत्तिजनक छ।ु

सधैँका लागि रहने

पूर्व प्रधानमन्त्री खनालले एमसिसी सम्झौता ५ वर्षका लागि भनिए पनि केही धारा तथा उपधारामा यो सधैँका लागि रहिरहने उल्लेख भएकोसमेत दाबी गरे। ुयसलाई एकातिर ५ वर्षको सम्झौता भनिएको छ, तर कैयौँ धारा, उपधारामा यी सधैँका लागि रहने भन्ने छ। ५० वटा विषयमा यस्ता आपत्तिजनक कुरा छन्,ु उनले भने, ुत्यसैले यी आपत्तिजनक शर्त संशोधन नहुन्जेलसम्म यसलाई मान्न सकिँदैन।ु

अमेरिकाले अनुदान मात्र दिने भए आफूहरूले सधैँ त्यसको स्वागत गर्ने खनालले बताए। तर एमसिसीमा राखिएका शर्त अनावश्यक, गलत र आपत्तिजनक भएकाले स्वीकार्य नभएको उनको भनाइ छ। ुहामी अमेरिकासँग सहयोग लिन चाहन्छौँ। सहयोगको स्वागत पनि गर्छौं,ु उनले भने, ुहाम्रो अहिलेको विरोध भनेको गलत र आपत्तिजनक शर्तहरूको विरोध हो।’

पूर्व प्रधानमन्त्री खनालले आँट, बुद्धि र दृष्टिकोण भए देश, जनता, संसद र गठबन्धनको आड लिएर एमसिसीमा बार्गेनिङ गरेर संशोधन गर्न प्रधानमन्त्री देउवालाई चुनौति दिए। उनले नेपालीको रगत बगाएर र रगत कुल्चिएर सरकारले एमसिसी अनुमोदन गरे त्योभन्दा दुःखद् अध्याय नेपालको इतिहासमा अरु केही नहुने बताए​।

एमालेसँग समीकरण बनाउन कांग्रेस स्वतन्त्र

खनालले देशको हितविपरीत एमसिसी पास गर्ने अडानमा कांग्रेस भए एमालेसँग समीकरण गरेर जान स्वतन्त्र रहेको बताए। उनले प्रधानमन्त्री तथा काँग्रेसका अन्य नेताहरुलाई पनि आफूले देशको हितविपरीत काममा साथ दिन नसक्ने भनेको उल्लेख गर्दै देशको हितविपरीत एमसिसी पारित गर्ने भए सरकारमा सहभागी दलहरू आ(आफ्नो बाटोमा हिँड्नुपर्ने हुनसक्ने बताए।

उनले भने, ‘समीकरण कसले कस्तो गर्ने भन्ने कुराका निम्ति सबै स्वतन्त्र छौँ। यदि कांग्रेस एमालेसँग समीकरण गरेर अघि जान चाहन्छ भने मैले प्रधानमन्त्रीलाई पनि भनेको छु, तपाई स्वतन्त्र हुनुहुन्छ। हामी हाम्रो बाटो हिँड्छौँ।’ खनालले कांग्रेसले एमालेसँग समीकरण गरेर एमसिसी पारित गरे पनि आकाश नखस्ने उल्लेख गर्दै आफू देश र राष्ट्रको हितमा, जनताको हितमा र राष्ट्रको अग्रगति, प्रगति र समृद्धिको हितमा निरन्तर रहने बताए। from thahakhabar.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय