इलामः नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच बाम गठबन्धन हुँदै पार्टी एकता हुँदा गठबन्धनको तर्फबाट इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनाल निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा नेकपा एमालेको तर्फबाट इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनाल र क्षेत्र नम्बर २ मा पूर्व सभामुख सुवास नेम्बाङ नै बिजयी भएका हुन् । माओवादीले इलाम क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा उमेद्धवार पाएको थियो ।
२०७४ को बाम गठबन्धन, गठबन्धनपछिको पार्टी एकता अहिले टुटफुट मात्रै भएको छैन एमालेका पूर्व अध्यक्ष रहेका झलनाथ खनालले नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता छन् । खनालले एमाले छोडेर पार्टी खोलेपछि इलाम क्षेत्र नम्बर १ अहिले चर्चामा छ । नेकपा एमालेबाट ३० वर्षदेखि बिजय हासिल गर्दै आएका झलनाथ खनालले नै पार्टी छोडेपछि एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतलाई उक्त पार्टीले उमेद्धवारमा अघि सार्ने योजना बनाएको छ ।
एमालेको पछिल्लो केन्द्रिय कमिटी बैठकले उमेद्धवार सिफारिसको मापदण्ड तयार पारेपछि एमालेको जिल्ला नेतृत्व केन्द्रको निर्देशन बमोजीम उमेद्धवार सिफारिसमा केन्द्रित हुँदैछ । सत्ता गठबन्धनको मुख्य साझेदार पार्टी नेकपा एकिकृत समाजवादी पार्टीको बैठकले झलनाथ खनाललाई नै अघि सार्ने निर्णय गरेपछि अब इलाम क्षेत्र नम्बर १ मा एमालेबाट कसले टिकट पाउँछ भन्नेमा आम इलामबासीको चासो रहेको छ ।
एमालेका एक नेता अनुसार इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनाल सत्ता गठबन्धनको तर्फबाट उठ्ने निश्चित भएपछि इलाम नगरपालिकाका पूर्व प्रमुख तथा पार्टीका जिल्ला अध्यक्ष मेहश बस्नेत अघि सार्ने पक्कापक्कि जस्तै रहेको छ ।
महेश बस्नेत नेपालको संविधान बन्नु अघि पनि इलाम नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । बस्नेतले स्थानीय तहको प्रथम ५ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका छन् । इलामको क्षेत्र नम्बर २ मा सुवास नेम्बाङ नै उठ्ने निश्चित जस्तै रहेको छ । सदरमुकाम रहेको इलाम नगरपालिका स्थायी घर भएका महेश बस्नेत इलामका अध्ययसिल नेतामा पर्छन् ।
इलामको सञ्चार क्षेत्रमा पनि बस्नेतको योगदान छ । बिषेशगरि आधुनीक पूर्वाधार निर्माणमा जोड दिँदै आएका बस्नेतले इलाम नगर प्रमुख हुँदा सहरी संरचनामा आवश्यक बहुतले कार पार्किङको योजना, सिटि मार्ट, अस्पताल खोल्सि व्यवस्थापनसँगै व्यवस्थित कृषि तथा पशुबजार, सडक पूर्वाधार लगायतका क्षेत्रमा काम गरेका थिए । एमालेबाट क्षेत्र नम्बर १ मा उमेद्धवार हुने आकाक्षिहरुको नाम धेरै भएपछि पार्टी अध्यक्ष भएका हिसाबले बस्नेतकै नाम सिफारिस हुने पार्टीका एक नेता बताए । बस्नेतले लोकल सन्देश डट कम को एक अन्तरवार्तामा पनि पार्टीले टिकट दिएमा आफु चुनाव लड्न तयार रहेको बताएका थिए । उमेद्धवार छनौटको काम केन्द्रिय कमिटीले गर्ने भएकाले अहिले नै उमेद्धवारी घोषणा गर्नु उचित नहुने बस्नेतले बताएका थिए ।




