उमेद्धवार सिफारिसका लागि एमाले इलामले बनायो कार्यदल

द्वारा प्रकाशित गरिएको हो |
२०७९ भाद्र २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः नेकपा एमाले इलामको ५ औँ पूर्ण बैठकले प्रदेश र संघीय निर्वाचन क्षेत्रबाट आएका उमेद्धवारको माथिल्लो कमिटीमा सिफारिसका लागि कार्यदल गठन गरेको छ । पार्टी अध्यक्ष महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष उदय राईको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
कार्यदलले २४ घण्टा भित्रमा रायसहित हरेक निर्वाचन क्षेत्रबाट आएका उमेद्धवारको नाम प्रदेश कमिटिमा सिफारिसका लागि आवश्यक तयारी गरि पार्टीको सचिवालयमा पेश गर्नेछ ।

प्रदेश र संघीय निर्वाचन क्षेत्रबाट सिफारिस भएका नाममध्ये एक महिला सहित तीन जनको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने जिम्मेवारी जिल्ला कमिटीलाई दिइएको छ । जस अनुसार राय सहित उमेद्धवार सिफारिसका लागि ५ औँ पूर्ण बैठकले कार्यदल गठन गरेको एमाले जिल्ला उप–सचिव रविन्द्र सुवेदीले बताए ।
कार्यदलको सदस्य सचिवमा रबिन्द्र सुवेदी रहेका छन् । त्यस्तै सदस्यमा सावित्रा सिवा, प्रेमराज लिम्बु र युवराज खाप्तुवा राई रहेका छन् ।

बैठकले अध्यक्ष महेश बस्नेतको संयोजकत्वमा ५ सय ५१ सदस्य निर्वाचन परिचालन कमिटी गठन गरेको छ । साथै प्रदेश र संघीय निर्वाचन क्षेत्रमा सोहि कमिटीको अध्यक्षको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय भएको छ । पार्टी बैठकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध संघीय लिम्बुवान पार्टीका इलाम अध्यक्ष विपिन योङ्या एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय