कृति घिमिरे,श्रीअन्तुः इलामको सुर्योदय नगरपालिका वडा न ४ श्रीअन्तु स्थित आदर्श टोलको आयोजनामा सम्मान तथा सांस्कृतिक कार्यक्रम सप्पन्न भएको छ । नव बर्ष २०८० सालको अवसरमा शुभकामना आदान प्रदान गर्न सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख रणबहादुर राईलो सुर्योदय नगरपालिका नेपालको २९३ पालिका मध्ये उत्कृष्ट नगरपालिका भएकोमा नगरबासीलाई धन्यवाद दिनुभयो । सूर्योदय ४ को बिकास र समृदिको लागि १० करोड बजेट बिनियोजन गरिएको कुरा बताउँदै उहाँले वडामा भएका विभिन्न समस्याहरुको छिट्टै समाधान गरिने बताउनुभएको छ । चियाको गुणस्तरमा सुधार गरे किसानले उचित मुल्य पाउने उहाँको प्रतिबद्धता छ । महामारीको रुपमा फैलिएको ‘लम्पि स्किन’ रोगको निर्मुलिकरणका लागि पालिकाले निशुल्क औषधी उपलव्द गराउँदै आएको बताउनुभएको छ । उहाँले प्राविधिक सहयोगको निम्ति नगरपालिकाको पशु शाखामा सम्पर्क राख्न किसानलाई अनुरोध गरिएको जानकारी दिनुभयो।




टोल सयोजक भूपाल चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्योदय वडा नं १० का वडाध्यक्ष पेमा उर्गेन लामा, कार्यपालिका सदस्य सोनाम छिरिङ,वडा न ४ का सदस्य जिवकान्त नेउपाने लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न संघसस्थामा आबद्ध समाजसेवी महिलाहरु र विभिन्न सामाजिक कार्यमा संलग्न समाजका अग्रज व्यक्तिहरुलाइ सम्मान गरिएको छ । सांस्कृतिक कार्यक्रममा महिलाहरुको लागि र पुरुषहरुको लागि डोरी तान्ने खेल समेत आयोजना गरिएको थियो । कार्यक्रम सफल बनाउन टोलबासी साथै अन्य साना उधोगहरुले समेत आर्थिक सहयोग गरेका थिए । कार्यक्रमका अध्यक्ष चौहानले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमहरु पुन टोलमा ल्याउन पहल गर्ने बताउनुभएको छ ।


