फिक्कलमा ‘सूर्योदय सडक महोत्सव’ः यस्ता छन् आकर्षण…

द्वारा प्रकाशित गरिएको हो |
२०८० बैशाख २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा चौथोे ‘सूर्योदय सडक महोत्सव’ वैशाख ३ र ४ गते हुँदैछ । कोरोना कहर देखि यता थलिएको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नयाँ वर्षको अवसर पारेर महोत्सव आयोजना गरिएको बताईएको छ । सूर्योदय होटल व्यवसायी संघ , आयाम युनाइटेड क्लब फिक्कल र सूर्योदय जेसीजको संयुक्त आयोजनामा हुने सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकका शृजन गदालले बताउनुभएको छ ।
स्थानीय खानाका परिकार र इलामका कृषि उपज सहितका ४० वटा स्टल रहने महोत्सव सम्पन्न गर्दा ४० लाख खर्च हुँने आयोजकले अनुुमान गरेको छ । महोत्सवमा विभिन्न ब्यान्डसहितका कलाकारको प्रस्तुति रहने आयोजक मुल समारोह आयोजक समितिका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिनु भयो । उहाका अनुसार महोत्सवमा नेवारी, राई र लिम्बू जातिका स्थानीय खानाका परिकार पर्यटकलाई चखाइनेछ। उहाले भन्नु भयो‘पछिल्लो समय आर्थिक मन्दिका कारण पर्यटन सुस्ताएको बेला महोत्सवले सस्किएको पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने छ ।’एक लाख बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य लिइएको उक्त महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
टुबोर्गको मुख्य प्रायोजन रहेको महोत्सवमा सम्पन्न हुने महोत्सवमा , सूर्योदय नगरपालिका नवप्रवर्तन साझेदारी कोष , कन्याम प्यारा ग्लाईडिङ , सूर्योदय एड्भेन्चर , ८८४८ र बिग मास्टरको सह प्रायोजनमा सम्पन्न हुँने छ । महोत्सवमा स्थानीय कोसेलीका स्टल रहनेछन्। महोत्सव सम्पन्न गर्न स्थानीय ब्यवसायीले समेत सहयोग गरेका छन । मुल समारोह आयोजक समितिका सचिव अभिषेक प्रताप पौडेलले महोत्सवले सूर्योदयको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनु भयो । महोत्सव संचालन गर्नका लागि अहिले धमाधम स्टल निर्माण गर्ने काम भैरहेको छ ।
कार्यक्रममा सविन राई , अस्मिता अधिकारी , समिक्षा दाहाल , लिर्जड ब्याण्ड लगायतले सांगीतिक प्रस्तुती दिईने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय