प्रविन विसी, लक्ष्मीपुरः सूर्योदय नगर उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुसंग मङ्गलबर अन्तरकृयात्मक कार्यक्रम गरेको छ । नगरका १४ वटै वडामा पुगी व्यवसायीहरुको समस्या र कठिनाइको विषयमा छलफल गर्दै आएको वाणिज्यसंघले १३ नम्बर वडा कार्यालयमा कार्यक्रम गरेको हो । पछिलो समय उद्यमी तथा व्यवसायीहरुको समस्याहरुलाई संघले उजागर गर्ने उद्येश्य राखेको छ । वाणिज्य संघका अध्यक्ष प्रमोद राईको अध्यक्षता तथा १३ नम्बर वडाका वडाध्यक्ष हेमराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु राज कुमार श्रेष्ठ,रित परियार र टिका देवी गौतम कटेलको विशेष अथित्यता रहेको थियो ।
कार्यक्रममा व्यवसयिकरुपमा पर्न गएको असर बारे बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर ,दोहोरो कर , कृषकहरूले गरेको उत्पादनको सही बजारीकरण, तथा बाटोको छेउमा भएका घरहरूको अभिलेखीकरण लगायतका धेरै समस्याबारे प्रश्नहरू उठाएका थिए ।
प्रमुख आतिथी वडाध्यक्ष आचार्यले प्रत्येक वडामा वाणिज्यसंघले वडा कमिटी गठन गर्नुपर्ने र सानो तथा ठूलो, मझौला उद्योग र उद्यमशील कृषि ब्यवसायीहरुलाई उचित परामर्श गराई तिनको समस्याहरू बारे वाणिज्य संघ सँग वडाले समन्वय गर्दैजाने बताउनु भयो ।



सम्पूर्ण समस्यालाई सम्बोधन गर्दै वाणिज्य संघका अध्यक्ष प्रमोद राईले अब प्रत्येक व्यवसायी तथा उद्यमीहरुले वाणिज्य संघसँग सहकार्य गर्न अथवा सदस्य बन्न आग्रह गर्नुभयो । उहाँले भन्नु भयो ू पसलका अथवा उद्माशिलका पान नम्बर दर्ता गराए देखि हाल सम्म पनि वडा ,नगर र जिल्लामा दोहोरो कर तिर्नु पर्ने समस्या अझै उस्तै छ पशलको क्षमता हेरी कुन, कहा र कति पूँजीको कसरी दर्ता गर्ने भन्ने विषयमा अझै व्यवसायीहरु अलमल मै हुनुहुन्छ, यसमा हामी सम्पूर्ण व्यवसायीहरुलाई परामर्श गराई यो अभिलेखिकरण बारे आफूहरुले प्रमुख भूमिका खेल्ने र सरल र सहज ढंगले नगरपालिकाले पनि उतिनै सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । ३० जना भन्दा बढी व्यवसायीहरुको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन पत्रकार एवम् वाणीज्यसंघका महासचिव तोयानाथ भट्टराईले गर्नुभएको थियो ।

