सीता दाहालको काजकिरिया नगर्ने र नुन नबार्ने परिवारको निर्णय

द्वारा प्रकाशित गरिएको हो |
२०८० असार २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

बुधवार निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको ूधार्मिक विधिअनुसार काजकिरिया नगर्नेू सल्लाह भएको र त्यसैअनुरूप शोक मात्र मनाइएको परिवारका सदस्यहरूले बताएका छन्।

बुधवार दिउसो पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरेर फर्किएपछि पारिवारिक छलफलपश्चात् धार्मिक वा सांस्कृतिक रूपमा अघि नबढ्ने निर्णयमा आफूहरू पुगेको प्रचण्डको परिवारका सदस्य समेत रहेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहालले बताए।

‘‘धार्मिक विधिअनुसार काजकिरिया गर्ने कुरा चाहिँ गरिएन भनौँ न,’’ बीबीसीसँग उनले भने।

सीताको निधन भएसँगै शोक मनाउने क्रममा परिवारका सदस्यहरूले नुन पनि नबारेको बताइएको छ।

प्रधानमन्त्री दाहालले दिए पत्नी सीता दाहाललाई दागबत्ती
पशुपतिनाथको दर्शन गर्ने प्रचण्डको पुरानै ‘इच्छा’, महाकालेश्वरको जलले जुराइदियो ‘साइत’
६९ वर्षकी सीताको बुधवार काठमाण्डूस्थित नर्भिक अस्पतालमा निधन भएको उनको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्। उनलाई बुधवार बिहान हृदयाघात भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो।

सीता दाहाल स्मरणशक्ति क्षीण हुँदै जाने, रिँगटा लाग्ने र शरीरको सन्तुलन बिग्रिने जस्ता समस्याबाट ग्रसित थिइन्।

‘‘भावनात्मक ढङ्गले शोकमा बस्ने एउटा कुरा भयो। मन, वचन, कर्म हुन्छ नि आआफ्नो तरिका ‘ समर्पित सबै शोकमा हुने भइहाल्यो। तर देखावटी रूपमा कोरामा बस्ने, नुन नखाने त्यस्तो छैन,’’ दाहालले थपे।

तस्बिर स्रोत,च्क्क्
तस्बिरको क्याप्शन,
प्रचण्डकी धर्मपत्नी सीता दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्न पशुपति आर्यघाट पुगेका सर्वसाधारण

बुधवार आर्यघाटमा भने ुधार्मिक विधिअनुसार नै सीताको दाहसंस्कार गरिएकोु उनले जानकारी दिए। उनलाई प्रधानमन्त्री आफैँले मुखाग्नि ९दागबत्ती० दिएका थिए। त्यस बेला दाहाल दम्पतीका दुई छोरी पनि सँगै थिए।

पशुपतिमा दाहसंस्कार विधि चल्दै गर्दा सेनाको नेतृत्वमा विभिन्न विधि सम्पन्न गरिएको परिवारका सदस्यहरूको भनाइ छ।

त्यसबारे बीबीसीले सोधेको प्रश्नमा उनले भनेस् ‘‘अँ ‘ ृप्रचण्डले केके गर्नुभयो त्यहाँ। बाहुनले के के गर्न भन्नुभयो, त्यही गर्नुभयो। यो भन्या कस्तो हो भने जस्तो हामी कहीँ शिलान्यास गर्न जान्छौँ नि त्यो आफ्नो कब्जाभन्दा, भावनाभन्दा बाहिरको कुरा हुँदा रहेछ के। शिलान्यास गर्न जाँदा त हामी पूजा गर्छौँ ढुङ्गामा,’’ दाहालले भने।

दाहसंस्कारको विधिपछि बल्ल के कसरी अघि बढ्ने निर्णय आफूहरूले गर्न सकिने अवस्था आएको उनी बताउँछन्।

यसअघि पनि प्रचण्डका छोरा प्रकाशको निधन हुँदा पनि काजकिरिया नगरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय