पिकअपले किचेर २० महिने बालकको ज्यान गयो

द्वारा प्रकाशित गरिएको हो |
२०८० श्रावण २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिका ४ मा पिकअपले किच्दा २० महिने बालकको ज्यान गएको छ । बाघपाइलेका धिरज रिजालको छोरा रियन रिजाललाई आफ्नै घर अगाडी बाटोमा गाडीले किचेको हो। बाटोमा ढुंगाले छेकेपछि गाडी स्टार्टमा राखेर चालक ढुंगा पन्छाउन गएका थिए । गाडीको दाहिने भागको टायरमुनी रहेको बच्चालाई गाडीले किच्दा टाउकोमा चोट लागेको प्रहरीले बताएको छ ।

घाइते बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकीमा ल्याउदा मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख उपरिक्षक दिलिपकुमार घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार मे १ ज ३६२ नम्वरको पिकअपले हिजो साँझ बच्चालाई किचेको हो ।पिकअकका चालक सोही ठाउँका २६ बर्षका रेजन मगरलाई प्रहरी चौकी श्रीअन्तुले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय