फिक्कलः माई खोलामा दाउरा झिक्न गएका स्थानीयले दाउरा सम्झेर एक युवतीको शव समाएका छन् । झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित माई खोलामा एक युवतीको शव फेला परेको हो । स्थानीयले बुधबार शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माई खोलामा दाउरा झिक्न गएका उनिहरुले दाउरा सम्झेर युवतीको शव समाएको बताए । उक्त शव इलाम माई नगरपालिका–८ इलाम घर भएकी १६ वर्षीया रमिला शेर्पाको भएको खुल्न आएको छ ।
इलाम माई नगरपालिका–८ बाट मंगलबार बिहानदेखि ती युवती हराएकी थिइन् । खेलाडीकै जर्सीमा रहेकी युवतीको शव हराएको स्थानबाट झण्डै १५ किलोमिटर दक्षिण फेला परेको हो । मृतकको शवलाई पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।




