प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कतः प्रमाण नष्ट गर्न क्वार्टरमा रङरोगन

द्वारा प्रकाशित गरिएको हो |
२०८० श्रावण १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाः झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि उनले भिडियोमा देखिएको कोठामा रङरोगन गर्न लगाएका छन् ।

उनले प्रमाण नष्ट गर्न आफ्नो बेड रुममा रङाइएको हरियो रङमा पहेला ९गेरु० रङ लगाएका हुन् । पहिलो पटक रङ कोडिङ गर्दा पहिलोको हरियो रङ पनि हल्का देखिएको छ ।

भिडियोमा देखिएको एसीले भने कोठा नगरकै क्वार्टर भएको पुष्टि गर्छ । क्वार्टरभित्रै ‘गर्ल फ्रेन्ड’ राखेर अनैतिक गतिविधि गर्दै आएका उनको भिडियो टिकटक लाइभमार्फत बाहिरिएको थियो ।

गल्ती ढाकछोप गर्न प्रमुख प्रशासकीय अधिकृत निरौलाले नगरकै बजेट दुरुपयोग गरेर क्वार्टरमा रङरोगन गरेर प्रमाण नष्ट गर्न सुरु गरेका हुन् ।

भिडियोमा देखिएको कोठा नगरको क्वार्टर नभई काठमाडौंको एक होटल भएको दाबी गर्दै आएका निरौलाले क्वार्टर नभएको पुष्टि गर्न रङरोगन गरेका हुन् ।

रातारात क्वार्टरमा रङरोगन किन गर्नुभएको रु भन्ने प्रश्नमा निरौलाले नियमित सरसफाई अन्तर्गत कोठाको रङरोगन गरिएको दाबी गरे ।

अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लठ्ठ भएकी महिलाले आफ्नो टिकटक लाइभमै निरौलासँग अनैतिक गतिविधि सार्वजनिक भएको थियो ।

नगर प्रमुख रामकुमार थापाले घटनाबारे नबोल्ने भन्दै पन्छिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय