बन्दले इलामसहित पूर्वको जनजीवन प्रभावित

द्वारा प्रकाशित गरिएको हो |
२०८० श्रावण २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले आह्वान गरेको कोशी प्रदेशअन्तर्गत लिम्बुवान क्षेत्र बन्दले इलाम सहित पूर्वमा आज बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् ।

बन्दका कारण झापामा यातायातका साधन फाट्टफुट्ट मात्र चलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

ऐतिहासिक सन्धि सम्झौतालाई कार्यान्वयनसहित कोशी प्रदेश पुनःनामांकन गर्न दवाबस्वरुप आज एकदिने बन्दको घोषणा गरेको हो । लिम्बुवान बन्दप्रति विभिन्न पार्टीले सममर्थन र ऐक्यवद्धता जनाएका छन् ।

जनता समाजवादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समिति, नागरिक उन्मुक्ति पार्टी ९एकीकृत० लिम्बुवान प्रान्तीय समिति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बन्दप्रति ऐक्यवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय