फिक्कलः नेपाली कांगेसका महामन्त्री गगन थापाले सीप भएका युवालाई स्वदेशमै रोजगारी दिन सके दश बर्षमा देश समृद्ध बन्ने बताउनु भएको छ । शनिबार नेपाली कांग्रेस इलाम नगर कार्य समितिले आयोजना गरेको दाश्रो नगर सम्मेलनमा बोल्दै थापाले दैनिक युवा रोजगारीको खोजिमा विदेशीरहेको अवस्था रोकिनु पर्ने बताउनुभयो । उहाँले हातमा सीप बोकेर भौँतिरिरहेका युवा जमातलाई स्वदेशमै प्रयोग गर्ने हो भने एक दशकमै देश समृद्ध बन्ने बताउनुभएको छ । “आजको आवश्यकता नै युवालाई रोजगारी दिनु हो । ” उहाँले भन्नुभयो “यसका लागी नेतृत्वले गम्भिर भएर सोच्न जरुरी छ । वैदेशिक पलायन रोक्न सकेमात्र नेतृत्व सफल बन्छ ।”
नेपाली कांग्रेसले अवसरको सदुपयोग गरेमा थुप्रै अवसर प्राप्त गर्ने भन्दै उहाँले त्यसका लागी पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले अव कांग्रेस बदल्न नचाहनेहरु कमजोर बन्दै जाने दावी गर्नुभयो । कांग्रेस विधान बमोजिम चल्नुपर्नेमा थापाले जोड दिनुभएको छ । नाताबाद,कृपावाद,दलिय स्वार्थ कुनैपनि प्रकारको दबाब र प्रभावले अब भृष्टहरुलाई जोगाउने दिन गएको उहाँको भनाई छ । “भृष्टाचारको विषयमा कांग्रेस प्रष्ट हुनुपर्छ । ” उहाँले भन्नुभयो, “यो वा त्यो कुनै बहानामा अब भृष्टाचारको जालोलाई संरक्षण गर्न हुँदैन ।” घुसखोरीको विरुद्ध सत्तापक्ष होस् वा प्रतिपक्ष होस् , एकैठाउँ अभिन सकेमा मात्र मुलुकले मुहार फेर्नसक्ने महामन्त्री थापाको भनाई छ ।




