हिमालय मा.विको ७७ औँ बार्षिकोत्सव सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०८१ मंसिर १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः श्री हिमालय माद्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेको ७७ औँ बार्षिकोत्सव समारोह बुधबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको अवसरमा दाता सम्मान, शिक्षक बिधाई र उत्कृष्ट विद्यार्थी पुरस्कृत  गरिएको छ ।

विद्यालयलाई जग्गा दान दिने टेकवीर राई, विद्यालय व्यवस्थापन समितिका पूर्व महिला सदस्य मीना कुमारी शाह र विद्यालय शिक्षक अभिभावक संघका संस्थापक सदस्य चक्रबहादुर कटुवाल सम्मानित हुनुभएको छ ।

विद्यालयमा लामो समय शिक्षण सेवा गरेर पाँचथर सरुवा हुनुभएका शिक्षक निमेश भट्टराई र इलाम सदरमुकाम सरुवा हुनुभएका यज्ञ भट्टराईलाई बिधाई गरिएको छ । त्यसैगरि झुनामाया स्मृति छात्रवृत्ति कोषबाट २०८० मा उत्कृष्ट विद्यार्थीका रुपमा नुमा लिम्बू र उत्किृष्ट विद्यार्थी २०८१ का रुपमा दिलकुमारी फूएललाई पुरस्किृत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राईले सूर्योदय नगरपालिकाको सबैभन्दा मोटो खर्च शिक्षा क्षेत्रमा लगानी भएको बताउनुभएको छ । सामाजिक सुरक्षा भत्ता बाहेक दोश्रोमा शिक्षा क्षेत्रमा लगानी बढी गरिएकोले दिर्घकालमा प्रतिफल पाउनेमा सबै आसावादी हुनुपर्ने बताउनुभयो । शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक मात्र नभई अभिभावक समेत जिम्मेवार हुने भन्दै बालवच्चाप्रति सम्बेदनशिल रहन सुझाव दिनुभएको छ । हिमालय माविको भौतिक संरचना निर्माणमा तत्काल काम हुने विश्वास दिलाउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललित वाणाको अध्यक्षता एवं नगरप्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वन वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक वडा १ का अध्यक्ष राजकुमार शेरेङ र नगर आर्थिक विकास समितिका संयोजक साथै ९ नम्बर वडाका अध्यक्ष देबेन्द्र आचार्यको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष लगायतको सहभागिता थियो ।

कार्यक्रममा सहभागिलाई प्रधानाध्यापक कुल बहादुर ईम्सङ्गले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षकहरु उद्धव पौडेल, गणेश कुमार खड्का र निधि पोख्रेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय