भट्टराई परिवारद्धारा हिमालय मा.विमा एक लाखको अक्षयकोष

द्वारा प्रकाशित गरिएको हो |
२०८१ मंसिर १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः श्री हिमालय माद्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेका एक परिवारले विद्यालयलाई एक लाखको अक्षयकोष स्थापना गरिदिएका छन् ।

नेपाली कांग्रेस वडा सभापति अर्जुन कुमार भट्टराईको परिवारले आमा झुनामाया भट्टराईको स्मृतिमा गत साल स्थापना गरेको पचास हजार रकमको छात्रवृत्ति कोषमा आज(बुधबार) पचास हजार थपगरि एक लाखको छात्रवृत्ति कोष स्थापना गरिदिनुभएको हो ।

उहाँकी आमाको गत बर्ष ६६ बर्षको उमेरमा निधन भएको थियो । विद्यालयको शैक्षिक गुणस्तर सुधारमा थप टेवा पुर्याउने उद्धेश्यले यथासक्य सहयोग उपलब्ध गराएको सभापति भट्टराईले बताउनुभयो ।

उहाँका ७० बर्षीय बुवा योगेन्द्र प्रसाद भट्टराईले पारिवारिक सल्लाह अनुसार यस क्षेत्रका जेहेन्दार बालबालिकालाई अध्ययनमा प्रोत्साहन हुने अपेक्षाले छात्रवृत्ति कोष खडा गरिएको बताउनुभएको छ । विद्यालयले बार्षिकोत्सवको अवसरमा झुनामाया स्मृति छात्रवृत्ति कोषबाट २०८० मा उत्कृष्ट विद्यार्थीका रुपमा नुमा लिम्बू र उत्कृष्ट विद्यार्थी २०८१ का रुपमा दिलकुमारी फूएललाई पुरस्किृत गरेको छ ।

विद्यालयको गुणस्तर वृद्धिमा कोष खडा गरेर सहयोग उपलब्ध गराउने भट्टराई परिवारप्रति विद्यालय आभारी रहेको प्रधानाध्यापक कुल बहादुर ईम्सङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय