सूर्योदयमा प्याब्सनको प्रभातफेरी

द्वारा प्रकाशित गरिएको हो |
२०८१ पुष ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
इलाम,०६पुसः निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), सूर्योदय नगरपालिकामा चार हजार एक सय विद्यार्थी अध्ययनरत छन् । नगरक्षेत्रका आधारभूत र माद्यमिक तहका २६ र छिमेकी पालिका रोङ गाउँपालिकाको २ वटागरि २८ विद्यालय सूर्योदय प्याब्सनमा आबद्ध छन् ।

प्याब्सनको तेश्रो सूर्योदय नगर अधिवेशनको अवसरमा सनिबार प्रभातफेरी आयोजना गरिएको छ । बालबालिका विभेद, हिंसा र शोषणमा पर्नु नहुनेमा सरोकारवालालाई सचेत गराउन प्रभातफेरी आयोजना गरिएको प्याब्सन नगर अध्यक्ष लाकेल लामाले बताउनुभयो ।

‘सूर्योदय नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका हो । यहाँको सबैभन्दा बढी लगानी शिक्षामा छ ।’ अध्यक्ष लामाले भन्नुभयो, ‘यस्तो नगरपालिकाका सबै बालबालिका विद्यालय जानुपर्छ, उनिहरु बालश्रम, बालविवाह लगायतका हिंसा, शोषण र विभेदको शिकार हुनुहुँदैन भन्नेकुरामा सरकारलाई सचेत गराउन प्रभातफेरी आयोजना गरिएको हो ।’

बालबालिकाहरु हातमा प्लेकार्ड बोकेर बाल अधिकार सुनिश्चित गर्न माग गर्दै प्रभातफेरीमा सहभागी थिए । उनिहरुले, ‘बाल अधिकार सुनिश्चित गरौँ । शिक्षित बालबालिका सबल भविष्य । सँस्कार र प्रविधि युक्त शिक्षा आजको आवश्यकता ।’ लगायत लेखिएको प्लेकार्ड बोकेका थिए । फिक्कल बजार परिक्रमा गरि नगरपालिका कार्यालयको प्राङ्गणमा प्रभातफेरी समापन गरिएको थियो ।

कतिपय पालिकाले सामुदायीक र संस्थागत विद्यालयलाई विभेद गरेको गुनासो आएपनि सूर्योदयमा विभेद नभएको प्याब्सन अध्यक्ष लामाको भनाई छ । ‘यहाँको नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई जस्तै संस्थागत विद्यालयका विद्यार्थी छात्राहरुलाई स्यानेटरी प्याड उपलब्ध गराएको छ । सामुदायिकमा जस्तै बाल बचतको कार्यक्रम निजीमा पनि लागु गरिएको छ । हामीबिच समन्वय छ । सहकार्य छ ।’
प्याब्सनमा आबद्ध निजी विद्यालयमा फिसको स्ट्रक्चर महङ्गो नभएको अध्यक्ष लामाले बताउनुभयो ।

‘सूर्योदयका सामुदायीक विद्यालयमा अध्ययन गर्ने एक विद्यार्थीको बार्षिक खर्च ५४ हजार हुँदो रहेछ । तर, प्याब्सनमा जोडिएका निजी विद्यालयमा एक विद्यार्थीको बार्षिक खर्च ५४ हजार पुग्दै–पुग्दैन ।’ उहाँले भन्नुभयो, ‘सामुदायीक विद्यालयका विद्यार्थीको खर्च सरकारले बेहोर्छ, निजी विद्यालय पढाउँदा अभिभावकको खर्च हुन्छ । त्यति फरक हो । त्यसर्थ हामी महङ्गो होईन ।’ निजीमा कक्षा दशकै विद्यार्थीले पनि बढीमा चालिस हजारले एक बर्ष पढिरहेको उहाँको भनाई छ । शिक्षामा निजी क्षेत्रबाट राज्यलाई योगदान पुर्याइरहेको प्याब्सनको भनाई छ ।

सरकारले निजी क्षेत्रका विद्यार्थीहरुलाई पनि समान व्यवहार गर्नुपुर्ने कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रिय उपाध्यक्ष युवराज बाशिष्टले बताउनुभयो । ‘एउटा निजी संस्था चलाउन गाह्रो छ । निजी विद्यालय छुट्टै चलेको होइन, गैरनागरिक भनेर व्यवहार गर्न पनि मिल्दैन । अहिले आर्थिक टेवामा त सबैभन्दा बढी निजी विद्यालयले पनि केही गरेको छ ।’ उपाध्यक्ष बाशिष्टले भन्नुभयो, ‘तीन तहका सरकारले यो कुरा बुझ्नुपर्छ । आफूले बनाएको नियमभित्र समान व्यवहार गर्नुपर्छ । सुशासनमा नरहनेलाई सुशासनमा ल्याउनु पर्छ ।’

कार्यक्रममा सूर्योदय नगरपालिका सामाजिक विकास समितिका संयोजक डिकबहादुर बम्जन, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराई, प्याब्सन इलामका अध्यक्ष रगुन गुरुङ, प्याब्सन इलामका सल्लाहकार भक्तराज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0;
hw-remosaic: 0;
touch: (-1.0, -1.0);
modeInfo: ;
sceneMode: Night;
cct_value: 0;
AI_Scene: (-1, -1);
aec_lux: 0.0;
hist255: 0.0;
hist252~255: 0.0;
hist0~15: 0.0;

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय