इलाम– अवैध रूपमा भारतबाट ल्याइएको दैनिक उपभोग्य सामग्री र सिक्किमे मदिरा प्रहरीले बरामद गरेको छ ।
इलाम नगरपालिका–८ खरेलडाँडाबाट मे १ त ६३२ नम्बरको बोलेरो गाडीसहित ५० किलो दरका आठ बोरा चिनी, १० काटुन बिस्कुट, दुई काटुन बियर, ४६ काटुन सिक्किमे रक्सी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले बतए ।
राईका अनुसार गाडी चालक माइजोगमाई–५ का ३६ वर्षे निमतेन्जी शेर्पा र सामग्री बोक्न प्रयोग गरिएको गाडीसमेत नियन्त्रणमा लिइएको छ ।
करिब पाँच लाख मूल्य बराबरको बरामद सामग्री, चालक शेर्पा र गाडीलाई पशुपतिनगरस्थित भन्सार कार्यालयमा बुझाइएको डिएसपी राईले बताए ।