इलामको एक डेरी उद्योगमा आगलागी हुँदा ३० लाख बढी क्षति

द्वारा प्रकाशित गरिएको हो |
२०८१ पुष १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बिष्णु गड्तौला
सुम्बेक(इलाम)ः सन्दकपुर गाउँपालिका ३ सुलुबुङ (तालगाऊ) स्थित एक उद्योगमा आगलागी हुँदा ३० लाख बढी क्षति भएको छ । सागर र बिमला खतिवडाले संचालन गर्नुभएको अनुकूल डेरी उद्योगमा आज(सनिबार) बिहान आगलागी हुँदा ३० लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

बिहान ९ बजेतिर डेरीमा आगो बाल्ने क्रममा अचानक आगोको झिल्को उम्किएर क्षति भएको सागरले बताउनुभयो । उक्त डेरीमा दैनिक ३ सय ५० लिटर दूध संकलन गरी प्रशोधन भईरहेको थियो । घ्यू, छुर्पी, पनिर लगायत दूधजन्य परिकार बनाउने गरिएकोमा आगलागीबाट बिगत २० दिनको बिचको घ्यू छुर्पी पनिर लगायत डेरी संचालन रहेको घर मेसिन औजार लगायत सबै नष्ट भएको छ ।

आगलागी भएको थाहा पाएपछि स्थानीय बासिन्दाहरुको सहयोगमा निभाई अन्य नजिक रहेका बुवा भेदनाथ खतिवडा,दाई नेत्र खतिवडा साथै उहाँ स्वयम् कै भर्खरै निर्मित घर तथा गाईगोठ जोगाउन सफल भएको स्थानिय बासिन्दाहरूले बताए । घटना लगत्तै सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ,३ नम्बर वडाका वडाध्यक्ष लिल बहादुर बुर्जा लगायत जनप्रतिनिधिहरू बन्दुके प्रहरी चौकीका प्रहरी अधिकारीहरूको टोलीले स्थलगत अनुगमन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय