इलामः कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको सूर्योदय नगर कमिटि गठन गरिएको छ । आज(शुक्रबार) सूर्योदय–१२ स्थित कर्फोकमा भएको अधिकारीहरुको भेलाले केदार शर्मा(अधिकारी) को अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा भरत अधिकारी, महिला उपाध्यक्ष कमला अधिकारी, सचिव मेघनाथ अधिकारी, कोषाध्यक्ष मनोज अधिकारी र सह–सचिवमा शारदा देवि अधिकारी रहनुभएको छ ।
त्यसैगरी समितिको सदस्यहरुमा मित्रभक्त अधिकारी, मिलन क्षत्री अधिकारी, धु्रव अधिकारी, लिला प्रसाद अधिकारी, नरेन्द्र अधिकारी, लता गौतम अधिकारी, सञ्चिता अधिकारी, श्याम कुमारी अधिकारी, किशोर अधिकारी, यादव अधिकारी, जिवन अधिकारी रहनुभएको छ ।
वैशाखमा सूर्योदयका सबै अधिकारी भेला गरेर गोडधुप तथा साधारण सभा गर्ने समितिले निर्णय गरेको छ । समितिको अर्को बैठक माघको अन्तिम सनिवार बस्ने तय गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभएको छ ।