सूर्योदय–१ स्थित कञ्चन सिंचाई आयोजनामा नयाँ नेतृत्व

द्वारा प्रकाशित गरिएको हो |
२०८१ पुष २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः सूर्योदय नगरपालिका–१ मकर्जुङ स्थित कञ्चन सामुहिक सतह सिंचाई आयोजना जल उपभोक्ता संस्थाले नयाँ नेतृत्व चुनेको छ ।
सनिवार सम्पन्न आठौँ साधारण सभाले जीवन पोख्रेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा राम बहादुर राई, सचिव छबिलाल सापकोटा, सह–सचिव बुद्धीमान खड्का र कोषाध्यक्षमा सान्ता खतिवडा रहेका छन् । कार्यसमिति सदस्यहरुमा मिलन राई, विकास सुवेदी, कमला पोख्रेल र लक्ष्मी राई छन् ।

सभाले गणेश कुमार खड्काको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति समेत बनाएको छ । समितिका सदस्यहरुमा नित्यानन्द सापकोटा, भीम बहादुर राना र पदम कुमार राई निर्वाचित भएका छन् । त्यसैगरी टीका सापकोटा संयोजक रहेको तीन सदस्यीय लेखा समिति सदस्यमा गंगाप्रसाद पोख्रेल र लोक बहादुर राई चुनिएका छन् ।

कोषाध्यक्ष लोक बहादुर राई र सचिव गंगा प्रसाद पोख्रेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गर्दै साधारण सभा सम्पन्न भयो । संस्थाका अध्यक्ष नीरकुमार खड्काको अध्यक्षता एवं संस्थापक अध्यक्ष तथा मानार्थ सदस्य कृष्णप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न आठौँ साधारण सभामा कार्यसमिति सदस्य भीष्म प्रसाद सुवेदीले स्वागत मन्तब्य राखेका थिए । संस्थाका पूर्व उपाध्यक्ष तथा धजे मकर्जुङ खानेपानी आयोजनाका अध्यक्ष टीका सापकोटा, संस्थाका सल्लाहकार गणेश कुमार खड्का, हिमालय माद्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक नित्यानन्द सापकोटा र प्रमुख अतिथि सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।

सातौँ अधिवेसनबाट निर्वाचित अध्यक्ष सचिन राईको निधनपछि नेतृत्व बिहिन बनेको संस्थामा उपाध्यक्ष खड्कालाई अध्यक्ष बनाईएको थियो ।
अधिवेसनको अवसरमा संस्थालाई योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष कृष्णप्रसाद सुवेदी, पूर्व अध्यक्षद्धय भीम बहादुर राना र याम बहादुर गौतम, संस्थापक सचिव बीर बहादुर थुलुङ राई रहेका छन् । त्यसैगरि विभिन्न समयमा संस्थालाई योगदान पुर्याउने ज्येष्ट सदस्यहरु नर बहादुर राई, पवित्रादेवी सापकोटा, कमला सापकोटा, मोहनप्रसाद खतिवडा, चन्द बहादुर तामाङलाई समेत सम्मानित गरिएको छ ।

शारिरिक रुपमा असक्त भएका तीन उपभोक्ता सदस्यहरु होमनाथ रिजाल, मैयादेवी खड्का र सुवास राईलाई समेत पौष्टिक तत्व वितरण गरिएको संस्थाका सचिव पोख्रेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय