इलाम– प्रेस सेन्टरको इलाम जिल्ला कार्य समितिमा नयाँ नेतृत्व चुनिएको छ । शनिबार सदरमुकाममा सम्पन्न छैटौं सम्मेलनले नमीन ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लीलाबहादुर लिम्बू र सरिता राई, सचिवमा नवीन फागो, सहसचिवमा ज्ञानेन्द्र चापागाईं तथा कोषाध्यक्षमा गंगा पराजुली चयन भए ।
सदस्यहरूमा रेविका तोलाङ्गी ९दुर्गा,० अञ्जली राई, विपना लिम्बू, राजेश राई, मनकुमार लिम्बू, धमप्रसाद जबेगू, डिल्लीमाया योङहाङ, देवेन्द्र पौडेल, गोपाल गिरी र राजन खतिवडा चयन भएका छन् ।
बुद्धमाया सोङ्मी, जीवन योङहाङ र राजेन्द्र लोहार प्रदेश प्रतिनिधि तथा किरण राई, धमप्रसाद जबेगू र चेतन आङथुपो केन्द्रीय प्रतिनिधि चुनिए ।
अधिवेशन उद्घाटनसत्रमा सेन्टरबाट नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिमा निर्वाचित बुद्धमाया सोङ्मीलाई सम्मान गरियो । सेन्टरले आयोजना गरेको पत्रकारिता तालिमका सहभागीलाई प्रमाणपत्रसमेत वितरण गरियो ।
नेकपा ९माओवादी केन्द्र०का प्रदेश कमिटी सदस्य प्रवास शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटनसत्रमा प्रमुख अतिथि प्रवाससहित केन्द्रका प्रदेश कमिटी सदस्य दीपेन राई, सेन्टर केन्द्रीय सदस्य राम योङहाङ, प्रदेश महासचिव सुजन तिम्सिना, नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष भीम चापागाईं, प्रेस चौतारी उपाध्यक्ष योगेन्द्र शंकर, फोनिज कोषाध्यक्ष सरिता राई, चलचित्र पत्रकार संघ अध्यक्ष अतित योङहाङ, महेन्द्ररत्न बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियन सचिव राजेन्द्र लोहारलगायतले मन्तव्य राखे ।