
इलाम– इलामस्थित भूमि समस्या समाधान आयोगको अध्यक्षमा प्रकाश अधिकारी नियुक्त भएका छन् ।
नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अधिकारीलाई अध्यक्ष नियुक्त गरेको हो ।



अधिकारी यसअघि ७८ सालमा पनि इलाममा यही आयोगमा साढे ६ महिना विज्ञ सदस्यका रूपमा थिए । त्यसपछि आयोग विघटन भएको थियो ।
अधिकारीले यसअघिका आयोगले गरेका कामलाई नै निरन्तरता दिँदै निष्कर्षमा लैजाने बताए । ‘अबको आयोगले अहिलेसम्मका उपलब्धिलाई निष्कर्षमा लैजाने छ,’ उनले भने, ‘हाम्रो जिम्मेवारी पनि त्यही हो ।’ उनले आफूले यसअघि पनि विज्ञ सदस्यका रूपमा काम गरेकाले आयोगका काममा अनुभव हासिल भएको बताए ।
आयोगमा एक विज्ञ सदस्य र थप दुई सदस्य रहने व्यवस्था छ । सदस्यहरू नियुक्तिको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।