प्याब्सनले सुरु गर्यो सूर्योदयमा अन्तरविद्यालय फुटबल प्रतियोगिता

द्वारा प्रकाशित गरिएको हो |
२०८१ माघ ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

योगेश बस्नेत,फिक्कलः इलामको सूर्योदय नगरपालिका ११ स्थित वीरेन्द्र माविको खेलमैदानमा अन्तरविद्यालय छात्र कक्षा १र५, ६र८ को फुटबल प्रतियोगिता ९दोस्रो संस्करण० सुरु भएको छ ।

३४औं प्याब्सन दिवस अवसरमा सूर्योदय नगर प्याब्सनले आयोजना गरेको प्रतियोगिताको उद्घाटनकै दिन चार खेल भएका छन् । पहिलो खेलमा समालबुङको गोल्डेन हेबन एकाडेमी र पशुपति नेसनल एकाडेमी प्रतिस्पर्धी थिए । उनीहरूबीच दुई–दुई गोलको बराबरी भएपछि टाइब्रेकरमा ३र१ गोलान्तरले गोल्डेन अर्को चरण प्रवेश गरेको छ ।

दोस्रो खेल पन्चकन्या आवासीय मावि र मयुमाई इग्लिस स्कुलबीच भएकामा पन्चकन्या २र० गोलान्तरले विजयी भयो । तेस्रो खेल न्यु वल्र्ड स्कुल र गोल्डेन फ्युचर गार्डेनबीच भएकामा गोल्डेन फ्युचरले ३र० गोलको जित निकाल्यो । चौथो खेल सनराइज इंग्लिस स्कुल र इस्ट पोइन्ट स्कुलबीच भयो । खेलमा सनराइज १र० गोलान्तरले अर्को चरण प्रवेश गरेको छ ।

प्रतियोगितामा संस्थागत विद्यालयअन्तर्गत छात्रतर्फ कक्षा ९१–५०का १३ र कक्षा ९६–८०का १५ गरी २८ टिम सहभागी छन् ।

प्याब्सन नगर अध्यक्ष लाकेल लामाको अध्यक्षता तथा सूर्योदयका उपमेयर दुर्गाकुमार बरालको प्रमुख आतिथ्यमा भएको उद्घाटनसत्रमा प्याब्सन केन्द्रीय उपाध्यक्ष तथा सूर्योदय नगर प्याब्सनका वरिष्ठ सल्लाहकार युवराज वाशिष्ठ विशेष अतिथि, इलाम जिल्ला प्याब्सनका निवर्तमान अध्यक्ष रगुन गुरुङ र इलाम प्याब्सनका वरिष्ठ सल्लाहकार प्रकाश भक्तराज विशिष्ट अतिथि थिए ।

कार्यक्रम उद्घाटन अवसरमा विशेष अतिथि वाशिष्टले निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयले यस्ता प्रतियोगिता आयोजना गर्दा विद्यार्थीमा भएको प्रतिभा उजागर भइ भविष्यमा देश–विदेशमा चिनिने खेलाडी उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले सूर्योदयकै पिसल्यान्ड नेसनल एकाडेमीकी छात्रा जेनिफर रानामगर अहिले अन्डर–१९ महिला राष्ट्रिय टिममा छनोट भइ साफ फुटबलसम्म पुुगेको स्मरण गरे । उनले हेरोहल एकाडेमीका छात्र आयुष तिम्सिनासमेत अन्डर–१९ राष्ट्रिय टिममा छनोट भइसकेको उदाहरणले यो खेलको महत्त्व झन् बढेको पनि बताए ।
प्याब्सन दिवस अवसरमा सूर्योदय नगर प्याब्सनले गएको पुस २३ मा छात्ररछात्रातर्फको मिनी म्याराथनसमेत आयोजना गरेको थियो ।

भोलि शनिबार पनि चार खेल हुनेछन् । पहिलो खेल कक्षा ६–८ सिनियरतर्फ सनराइज इंग्लिस स्कुल र भाग्योदय इंग्लिस स्कुलबीच साढे १० बजे हुनेछ । चिल्ड्रेन गार्डेन इंग्लिस स्कुल र इलाम रोजमेरी इंग्लिस स्कुलबीच दोस्रो खेल साढे १२ बजे हुनेछ ।

कक्षा १–५ जुनियरतर्फ मोडर्न इंग्लिस स्कुल र हेरोहल एकाडेमीबीचको खेल बिहान साढे ११ बजे हुनेछ भने पशुपति नेसनल एकाडेमी र अरुणोदय आवासीय माविबीच दिउँसो साढे १ बजे अर्को खेल हुनेछ ।

प्रतियोगिताको फाइनल माघ १० मा हुने आयोजक नगर प्याब्सनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय