अब श्रीअन्तु ‘ट्राभल अन्तुज डटकम’मा

द्वारा प्रकाशित गरिएको हो |
२०८१ माघ १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः पर्यटकलाई श्रीअन्तुको बारेमा जानकारी दिन सूर्योदय नगरपालिकाले डिजिटल अनलाईन वेभसाइड, ‘ट्राभल अन्तुज डटकम’ सञ्चालन गरिरहेको छ । अब अनलाईन हेरेरै पर्यटकले अन्तुमा कस्ता होटल छन्? केके सुविधा छ? लगायतका सम्पूर्ण जानकारी पाउन सक्ने भएका छन् । त्यतीमात्र होइन । पर्यटकले अन्तुमा आएर बस्न अनलाइन बाट नै होटल तथा होमस्टे बुकिङ गर्न मिल्ने भएको हो ।

सनिवार नगरपालिकाले यहाँका करिब ७० जना होटल तथा होमस्टे व्यवसायीहरुलाई अनलाइन बुकिङ तथा ओ.टि.ए सम्बन्धी क्षमता अभिवृद्धि तालिम दिएको छ । ‘अब अन्तु अनलाइनमै थाहा हुन्छ । घुम्न आउनेले होटल तथा होमस्टे बुकिङ गर्न सक्छन् । हामी डिजिटल युग अनुसार सेवा विस्तार गर्दै छौँ ।’ नगरप्रमुख रणबहादुर राईले भन्नुभयो, अन्तु मात्र होइन यहाँका प्रमुख पर्यटकीय गन्तब्यका बारेका विस्तारै अनलाइनमै सेवा सुविधा जानकारी गराउँछौँ ।’

प्रमुख प्रशासकिय अधिकृत अमृतबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख राईको प्रमुख आतिथ्यता रहेको नगरपालिकाका आर्किटेक इन्जिनियर श्रीजन गदालले जानकारी दिनुभएको छ । कार्यक्रम होटल हिल टावरमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय