इलामः सूर्योदय नगरपालिका–४ श्रीअन्तु, तकपत स्थित विन्ध्यावासिनी माता मन्दिरमा दोमाङ पाठ तथा श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु हुँदैछ । माघ २१ गते(सोमबार) दिनभर र मंगलबार बिहान ९ जना लामागुरुबाट दोमाङ पाठ गरिने आयोजक समितिका सचिव काँशिनाथ रिजालले जानकारी दिनुभयो । मंगलबार उद्घाटन हुने श्रीमद् भागवत ज्ञान महायज्ञ आउँदो २८ गते समापन हुनेछ । प्रमुख कथावाचक मुक्ति सुवेदीको मुखारविन्दबाट संगितमय कथा वाचन हुने रिजाललले बताउनुभयो ।
‘सातै दिन एकजना लामा गुरुबाट पाठ भईरहन्छ ।’ शिक्षक समेत रहनुभएका स्थानीय ओमकार शर्मा(खतिवडा)ले भन्नुभयो, ‘चार हजार पाँच सय घरपरिवारलाई कार्ड वितरण गरेका छौँ । विभिन्न सञ्चारमाध्यममार्फत उपस्थितिका लागी आग्रह गरिएको छ । करिब दश हजार भक्तजन सहभागि हुनुहुने आंकलन छ ।’
मन्दिरमा भौतिक संरचना निर्माण सहयोगार्थ पुराण आयोजना गरिएको आयोजक समितिका अध्यक्ष नगेन्द्र प्रसाद नेपालले बताउनुभयो । ‘हाम्रो भुगोल पर्यटकीय हिसाबले परिचित छ । तर, अन्तु भन्नेवित्तिकै धार्मिकस्थल पनि हो भनेर परिचय स्थापित गुर्नुछ ।’ अध्यक्ष नेपालले भन्नुभयो, ‘धार्मीक पर्यटन प्रवर्धन गर्नुपर्छ । हाम्रा संस्कार, रितिरिवाज र संस्कृतिको संरक्षण गर्न ज्यानीय जुटेका छौँ ।’ महायज्ञको सम्पूर्ण तयारी पूरा गरिएको उहाँको भनाई छ ।
‘मन्दिर नजिकै गुम्बा पनि छ । यो क्षेत्रमा धार्मिक पर्यटन प्रवर्धन गर्ने प्रयास हुँदैछ ।’ आयोजक समितिका उपाध्यक्ष याम बहादुर घलेले भन्नुभयो, ‘श्रीअन्तु आफैँमा पर्यटकीय गन्तब्य हो । त्यसमा धार्मिक पर्यटन थप्ने प्रयत्नमा छौँ ।’
०७३ सालमा तकपतमा आयोजित देशभरिका रिजाल बन्धुहरुको भेलामा बरिष्ट डा।भोला रिजालले यहाँ मन्दिर बनाउन प्रोत्साहन गर्दै ५१ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएपछि स्थानिए जुर्मुराए । ‘सदानन्द रिजालले मन्दिर बनाउन टार बारीको दुई रोपनी जग्गा दान दिनुभयो । विधान समिति बन्यो । जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा दर्ता गर्यौँ ।’ मन्दिर संरक्षण समितिका सचिव बलराम रिजालले भन्नुभयो, ‘दाताहरुबाट रकम उठ्यो, सूर्योदय नगरपालिका र कोशी प्रदेश सरकारबाट सहयोग मिल्यो । हाल भौतिक रुपमा मन्दिर निर्माण भएको छ । दाताबाट मूर्ती पनि पाएका छौँ ।’
मङसिर १८ गते विधिवत रुपमा मन्दिर। उद्घाटन गरिएको थियो । मन्दिर निर्माण भएको खुसीमा सामाजिक कार्य गरौँ भन्ने ध्येयले शिविर सञ्चालन गरियो । मन्दिरका लागि शौचालय, खानेपानी लगायतका अन्य संरचना बनाउन भने बाँकी नै छ । पुराणको अवसरमा शंकलन भएको रकमले मन्दिरमा थप संरचना निर्माण गर्ने उद्धेश्य छ ।