एच.पि.भी खोपलाई प्रभावकारी बनाउन सूर्योदय–१३ मा छलफल

द्वारा प्रकाशित गरिएको हो |
२०८१ माघ २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रबिन बिसी
लक्ष्मिपुर(सूर्योदय)ः देशैभर एकै साथ सञ्चालनमा आएको पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भि अन्तर्गतको खोप इलाममा पनि यही माग २७ गते देखि फागुन २ गतेसम्म लगाइने भएको छ ।

यसै बीच, इलामको सूर्योदय नगरपालिका वार्ड नं १३ मा अवस्थित आधारभूत स्वास्थ्य सेवा चौकी सेकेपोखरीमा आइतबार एच। पी। भि खोप अन्तर्गत वडा स्तरीय अभिमुखीकरण तथा बहस पैरवी गोष्ठी सञ्चालन गरी यस बारे छलफल गरिएको छ।

स्वास्थ्य सायक सुमन चौधरीका अनुसार यस वडा भित्रका विद्यालय मा अध्ययनरत कक्षा छ देखि १० सम्मका छात्राहरूलाई यस खोप लगाइने जानकारी दिनुभयो । उक्त खोप यस वडा भित्र यही माग २९ गते श्री ज्योति माध्यमिक विद्यालयमा लगाईने र ३० गते आधारभूत स्वास्थ्य चौकीमा खोप लगाइने चौधरीले जानकारी गराउनु भयो ।

स्वस्थ सहायक चौधरीका अनुसार १० वर्ष समूहदेखि १४ वर्ष भित्रका बालिकाहरूलाई यस खोप उपयुक्त हुने छ । कोही छुट्नुहुने या विद्यालय नजाने किशोरीहरूलाई उक्त सेवा लिन उहाँले आग्रह गर्नुभएको छ। कक्षा ५ पास भएपछि कक्षा छ देखि प्रत्येक छात्राहरूले यस एचपीभी खोप लगाउन पाउनेछन् सम्पूर्ण छात्रहरूलाई आफ्नो सुरक्षाका लागि पाठेघरको क्यान्सरबाट बच्न उक्त खोप लगाउन अनिवार्य आवश्यक रहेको स्वास्थ्य सहायक चौधरी बताउनु हुन्छ ।

उहाँका अनुसार एचपीभी खोप एकपटक लगाएपछि शतप्रतिशत नै प्रभावकारी हुन्छ यस खोप अत्यन्त धेरै सुरक्षित छ विश्व स्वास्थ्य संगठनले गुणस्तरयुक्त भनी प्रमाणित खोप मात्र नेपालमा खरिद आपूर्ति गरिन्छ र यो खोप नेपालमा प्रयोग गर्नको लागि औषधि व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको छ ।

किशोरीहरूमा रजस्वला हुने नियमित जैविक प्रक्रिया हो। यसले एचपीपी खोप लगाउँदैमा किशोरीहरूको महिनावारी रजस्वला छिटो सुरु हुने वा ढिलो सुरु हुने हुँदैन । यस वडा भित्रका हाल सम्म ६० जना छात्राहरूले उक्त् खोप लगाउन योग्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा यसै वडाका वडा प्रमुख हेमराज आचार्य, वडाका वडा सचिव टिकाराम देवान, वडा सदस्य हरू, कमल आचार्य, राजकुमार श्रेष्ठ, रिता परियार, टिका देवी कटेल, शिक्षक प्रतिनिधिहरू तेजकुमार राई, टिका भट्टराई, पार्टीका अध्यक्ष पुष्पलाल आचार्य, स्वयंसेविका शोभा राई स्वास्थ्य सेवा केन्द्रका कर्मचारी इसु घले र सनिला राईको उपथिती रहनु भएको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय