
इलामः सूर्योदय नगरपालिका–८ का वडासदस्य कमल गड्तौला जनप्रतिनिधि मात्रै नभई गायन क्षेत्रमा उदाउँदो प्रतिभाका रुपमा चिनिदै हुनुहुन्छ । गड्तौलाकोे भर्खरै सार्वजनिक ‘सिद्धी थुम्कामा’ बोलको गीत नेपाली संगित जगतमा रुचाईएको छ ।
लोकप्रिय शब्द रचनाकार सन्जय बरालको शब्द, चर्चित संगितकार विकास चौधरीको संगित रहेको उक्त गितलाई गायक गड्तौलाले आवाज दिनुभएको हो । ‘माया, प्रेममा परेका जोडीले ‘सिद्धी थुम्कामा’ बोलको गीतमा थुप्रै टिकटक भिडियो बनाएका छन् ।’ उहाँले भन्नुभयो, ‘गीतले चर्चा पाएको छ । यो मेरो पहिलो प्रयास हो ।’



नेपाली काँग्रेसको राजनीति गरेर लामो समययता समाजसेवा गरिरहनुभएका उहाँ वडामा लोकप्रिय हुनुहुन्छ । प्रखर वक्ता र कुसल उद्घोषण क्षमता भएका गड्तौलासँग गायन कला पनि उत्तिकै सुमधुर पाईएको छ ।