
इलामः इन्टरलक इट्टा व्यवसायी संघ कोशी प्रदेशको अध्यक्षमा इलामका प्रमोद सापकोटा चयन हुनुभएको छ । ईटहरीमा सम्पन्न कोशी प्रदेशका इन्टरलक ईट्टा उद्यमीहरुको बैठकले सापकोटालाई अध्यक्ष चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा दिनेश दाहाल, सचिव प्रतिक राजवंशी, सह(सचिव निरज गुरूङ्ग, कोषाध्यक्ष खेम कुमारी बस्नेत र सदस्यहरुमा देबराज खनाल, योग नारायण चौधरी, गणेश फत्र, उत्तम मगर, प्रेम कुमार राई रहनुभएको छ ।


