नेकपा (एमाले) सूर्योदय–१ को अध्यक्षमा पाण्डे

द्वारा प्रकाशित गरिएको हो |
२०८१ चैत्र १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सन्देश खड्का,गोर्खेः नेकपा (एमाले) सूर्योदय नगरपालिका–१ वडा कमिटीको अध्यक्षमा तेज बहादुर पाण्डे(अमृत) निर्वाचित भएका छन् ।

आज(शुक्रबार) सम्पन्न पार्टीको तेश्रो वडा अधिवेशनबाट पाण्डेको नेतृत्वमा सर्वसम्मत १९ सदसिय वडा कमिटी चयन गरिएको निर्वाचित उप–सचिव सुमन खड्काले जानकारी दिए । समितिको उपाध्यक्षमा विष्णुमाया राई, सचिव धनकुमार मोक्तान, उप–सचिव सुमन खड्का र मिलन राई निर्वाचित भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा गम्भिर सुब्बा, बिर बहादुर राई, उदय बहादुर राई, श्याम बहादुर निरौला, प्रेम भण्डारी, सञ्जमाया लिम्बू, सन्मति लिम्बू, चेतन ढकाल, रोमन बुढाथोकी, दल बहादुर तामाङ्ग, लाल बहादुर थापा, प्रमिला महरा, विक्रम योङहाङ, बालकुमार मुखिया रहेका छन् ।

वडा कमिटी अध्यक्ष मन बहादुर लिम्बूको अध्यक्षता एवं जिल्ला कमिटी सदस्य होम बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमालेको जरा अभियानलाई छलफलको विषयवस्तु बनाईएको थियो ।

प्रमुख अतिथि कार्कीले मिसन ८४ सफल बनाउन पार्टीलाई चलायमान बनाएर अघि बढ्नुपर्ने बताए । उनले पार्टी माथि चौतर्फी आक्रमण भैरहेको बेला वडा तहबाट युवा शक्तिले प्रतिवाद गर्नुपर्ने बताए ।

पार्टीका नीति, कार्यक्रम र योजना जनताको घर–घरमा पुर्याएर एमालेलाई थप शसक्त बनाउन नयाँ नेतृत्वले कदम चाल्ने नवनिर्वाचित अध्यक्ष पाण्डेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय