इलाममा एमालेको जागरणसभा सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०८१ चैत्र १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम– नेकपा (एमाले)ले इलाम सदरमुकाममा आज जागरण अभियान सम्पन्न गरेको छ । सदरमुकामस्थित ठूूलो टुँडिखेलबाट नाराजुलुससहित निस्किएको जुलुसले इलाम बजार परिक्रमा गरेको थियो ।

अभियानमा सहभागी एमाले नेता–कार्यकर्ताले चैत १५ मा काठमाडौं तीनकुुनेमा भएको घटनाको विरोध गरेका थिए । उनीहरूले राजतन्त्रविरुद्ध नाराबाजी गरेका थिए । चोक बजारमा पुुगेर कोण सभा गरिएको थियो । सभामा एमाले केन्द्रीय सदस्य रोम ओलीले सम्बोधन गरेका थिए ।

त्यसपछि जिल्ला समन्वय समितिको सभाहलमा अभियानको कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई केन्द्रीय सदस्य ओली, एमाले जिल्ला अध्यक्ष गणेश बराल र पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतलगायतले सम्बोधन गरेका थिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि नागरिकमा जागरण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एमाले इलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय