आशिष पुरस्कार पौडेल र कृयाशिल पुरस्कार मगरलाई

द्वारा प्रकाशित गरिएको हो |
२०८२ बैशाख २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः २०८२ सालको आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार किरण पोडेललाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ इलाम शाखाले उदीयमान पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने पुरस्कार यो पटक काठमाण्डौबाट सञ्चालित हिमाल प्रेस अनलाईन डेक्समा कार्यरत किरण पौडेललाई प्रदान गरिएको हो ।

सोमबार सदरमुकाममा आयोजित समारोहमा कोशी प्रदेशका अर्थमन्त्री रामबहादुर रानामगरले पुरस्कार हस्तान्तरण गर्नुभयो । पौडेल एक दशकदेखि निरन्तर पत्रकारिता गरिरहनुभएको छ । २०७२ साल देखि पत्रकारीता सुरु गर्नुभएका पौडेल इलाम आवाज साप्ताहिक, इलाम पोस्ट दैनिकको संवाददाता हुँदै कार्यकारी सम्पादक, इलाम एफएम, राष्ट्रिय समाचार समिति इलाम संवाददाता हुँदै हाल काठमाण्डौमा रहेको हिमाल प्रेसमा डेक्समानै रहेर काम गरिरहनुभएको छ ।

२०५९ साल वैशाख १ मा दुर्घटनामा निधन भएका स्वर्गीय आशिष राई रेडियो नेपालका तत्कालीन जिल्ला संवाददाता हुनुहुन्थ्यो । नयाँ वर्ष मनाउन गएका बेला माईखोलामा पौडी खेल्नेक्रममा उहाँको डुबेर निधन भएको थियो । पत्रकार राईको स्मृतिमा महासंघ शाखाले आशिष स्मृति पत्रकारिता पुरस्कार कोष स्थापना गरी हरेक वैशाख १ मा साविक मेची अञ्चलका एक उदीयमान पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
यसअघि यो पुरस्कारबाट बेनुपराज भट्टराई, राजु शिवा, भीम चापागाईं, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, नमीन ढकाल, गणेश घिमिरे, सुमन लावती, भगीरथ भण्डारी, टीका खतिवडा, विक्रम सुन्दास पुरस्कृत भैसक्नुभएको छ । त्यस्तै पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक समेत सोही पुरस्कारबाट पुरस्कृत भैसक्नुभएको हो ।

यसैगरी नेपाल पत्रकार महासंघ इलामले स्थापना दिवसको अवसरमा प्रदान गरिने क्रियाशिल पत्रकार महिला पुरस्कारबाट सुनिता मगर पुरस्कृत हुनुभएको छ । सो पुरस्कार समेत वैशाख १ गते एकैदिन वितरण गरिँदै आएको छ । मगर इलामको रेडियो नेपालवाडीमा समाचार कक्षमा कार्यरत हुनुहुन्छ । यसअघि उक्त पुरस्कारबाट सविता पाण्डे र सुजता सुनुवार पुरस्कृत भइसक्नुभएको छ ।

नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भीम चापागाईको अध्यक्षता एमं कोशी प्रदेशका अर्थमन्त्री रामकुमार रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अवसरमा पत्रकारिताको आयाम, सम्भावना र चुनौती विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय