जिल्लाका ३० बढी समुहले फिक्कलमा साकेला प्रदर्शन गर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०८२ जेष्ठ १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा आगामी १७ गते शनिबार बृहत साकेला प्रदर्शनी गरिने भएको छ । किरातीहरुको उभौली पर्वको अवसरमा आफनो संस्कार, संस्कृतिको संरक्षणका लागि किरात राई यायोक्खा सूर्योदय नगर कार्य समितिको आयोजनामा जिल्लाका ३० बढी समुहले साकेला प्रदर्शनी गर्ने भएका हुन ।

साकेला प्रदर्शन समितिका आर्थिक समिति संयोजक जय कुमार राईले उक्त प्रदर्शन तयारीका लागि अहिले सूर्योदय नगरपालिकाका १४ वटै वडामा प्रशिक्षणको काम भैरहेको जानकारी दिनु भयो । उहाका अनुसार किरात समुदायको १५०० बढी शिली जिवित भए पनि उक्त दिन दुईवटा शिली प्रदर्शन गरीने छ । उक्त कार्यक्रममा च्याब्रुङ शिली, दुम्सी नृत्य, तामाङ शेलो प्रदर्शन गर्ने तयारी भएको संयोजक राईले जानकारी दिनु भयो ।

राईले भन्नु भयो ‘लिपी , कला , संस्कार संस्कृति संरक्षण संगै पाश्चात्य संस्कृतिको आक्रमण रोक्नका लागि यो कार्यक्रम गर्न लागिएको हो ।’कार्यक्रममा पाँच लाखको हाराहारीमा खर्च लाग्ने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा जिल्ला भरका किरात समुदायका ३० बढी समुहले साकेला पदर्शन गर्ने गरी तयारी भैरहेको कार्यक्रमका संयोजक गौरव चाम्लिङले जानकारी दिनु भयो । उहाले किरात समुदायमा जंगली, सिकारी र कृषि युग रहेको जानकारी दिदै यी परम्परा जोगाउनका लागि कार्यक्रम आयोजना गरीएको जानकारी दिनु भयो ।

किरात राई यायोक्खा सूर्योदय नगर कार्य समिति अध्यक्ष कलिका राईले देश बिदेशमा रहेका दाताको आर्थिक सहयोग र सूर्योदय नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरीने जानकारी दिनु भयो । कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरीएको पत्रकार सम्मेलनमा सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गाकुमार बरालले बिभिन्न जातजातीका संस्कार , संस्कृति जोगाउन लाग्नु पर्ने बताउदै सिंगो समाज पश्चिमी संस्कृतिको प्रभावमा परेकाले त्यसलाई रोक्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले यस्ता संस्कार संस्कृति जोगाउने काममा नगरले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा हजारौको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय