इलाममा मनाईयो जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

द्वारा प्रकाशित गरिएको हो |
२०८२ जेष्ठ २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

योगेन्द्र शंकर, इलामः जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस इलाममा विभिन्न कार्यक्रम गरि मनाइएको छ । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिनको स्मरणमा नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी इलामले बिभिन्न कार्यक्रमहरु गरी दिवस मनाएको हो ।

दिवसको अवसरमा दलित आन्दोलनको अगुवा ज्येष्ठ नागरिक आमाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा देनपा ३ की सावित्रा विश्वकर्मा, इनपा ७ की पृथीमाया विश्वकर्मा, इनपा ८ की चित्र कुमारी बराइली, इनपा ११ की पर्वमाया खाती, इनपा ५ की लिलामाया घतानी यसै गरी इनपा २ की गोमा दियाली रहेका छन् ।

घर धन्दाको कामसंगै समाज रुपान्तरणमा खेलेको भूमिकाको मूल्याङ्कन गर्दै मुक्ति समाजले सम्मान गरेको जिल्ला कमिटी अध्यक्ष याम रसाइलीले जानकारी दिए । सोही अवसरमा मुक्ति समाजको केन्द्रीय अधिवेशनबाट जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित छत्र बराइली र सावित्रा शिवालाई बधाई तथा शुभकामना दिएको छ ।

यस्तै मरब क्याम्पस इलाममा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट विजयी अध्यक्ष, कोषाध्यक्ष, सदस्यहरुलाई बधाई शुभकामना दिएको मुक्ति समाज जिल्ला कमिटी सविच सुमन ल्वागुनले जानकारी दिए । सोही कार्यक्रमको अवसरमा करोना संक्रमणका कारण ज्यान गुमाएका संगठनका पूर्वअध्यक्ष स्व.नवराज शंकर र पूर्व सहसचिव स्व. रेशम बराइलीलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

कार्यक्रम मुक्ति समाज जिल्ला कमिटी इलामका अध्यक्ष याम रसाइलीको अध्यक्षता, मुक्ति समाज केन्द्रीय सदस्य छत्र बराइलीको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य देवेन्द्र विश्वकर्मा, नेकपा (एमाले) इलाम जिल्ला कमिटी अध्यक्ष गणेश बराल, नेकपा (एमाले) इलाम जिल्ला कमिटी सचिव रविन्द्र सुवेदी, जिल्ला सल्लाकार परिसद अध्यक्ष गोपाल नेपाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य मनकुमार बराइली, नेकपा (एमाले) इलाम नगर अध्यक्ष ठाकुर श्रेष्ठ, नेकपा (एमाले) सन्दकपुर गाउँ कमिटी अध्यक्ष दिपक गुरुङ्ग, नेकपा (एमाले) इलाम नगर कमिटी उपाध्यक्ष दिपेन्द्र चापागाईं, नेकपा (एमाले) इलाम नगर कमिटी सदस्य पप्पु शिवा, सुवास गहतराज, कौशिला लम्जेल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय