३२ लाखको चाँदीसहित दुई भारतीय पशुपतिनगरबाट पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०८२ असार २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम– नेपाल–भारत सीमा पशुपतिनगर नाकाछेउबाट सशस्त्र प्रहरीले साढे ३२ लाख रुपैयाँको चाँदीका गहनासहित दुई भारतीयलाई पक्रेको छ ।

सूर्योदय नगरपालिका २, पशुपतिनगरको चारमाइलबाट सशस्त्र प्रहरीले भारत हिमालचल प्रदेशको कुल्लु जिल्लाको परगानुका ३८ वर्षे अभिनाश बोध र त्यही ठाउँको अपर वजौरा तहसिलका ३५ वर्षे रवि कुमारलाई पक्राउ गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

चारमाइलको चेकपोस्टबाट सशस्त्र प्रहरी हवल्दार गणेश चौधरीको कमान्डमा खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदैगरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उनीहरूको साथमा चाँदी र सुनजस्तो देखिने धातु फेला परेको थियो । बरामद सामान झापाको बिर्तामोडस्थित सुनचाँदी व्यवसायी संघमा शुद्धता परीक्षण गर्दा चाँदी पुष्टि भएको हो ।

संघका अनुसार बरामद चाँदीको मूल्य ३२ लाख ५२ हजार ५७ रुपैयाँ हुने जानकारी दिएको छ । संघका अनुसार बरामद सामानमा चाँदीका बोटुका ९१, पानस दियो २७, बेट्टकरुवा ४, पानी चढाउने सेरकम ६, सेरकम स्टेन्ड जम्मा ६ थान छन् । यस्तै, ठाकिया सेट डक्कनसहित ४, स्टेन्ड बटुका २, चाँदीको सिक्का ५६, मेन्डा सेट ३, मेडल ८ र कडा १ जोर छन् ।

बरामद चाँदीजस्तो देखिने धातुका सामग्रीको जम्मा तौल २८ हजार ७ सय ९३ ग्राम ९सिक्का बाहेकको० र चाँदीको जस्तो देखिने सिक्काको तौल अढाई सय ग्राम रहेको संघको भनाइ छ । सुनजस्तो देखिने पहेंलो धातुबाट बनेका समान परीक्षण गर्दा सुनको मात्रा नपाइएको पनि संघले जनाएको छ ।

पक्राउ परेका व्यक्ति र सामग्री सशस्त्रले पशुपतिनगर भन्सार कार्यालयमा बुझाएको छ । from palikapage

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय