इलाम – २०८१ सालको एसईई परीक्षामा सफलता प्राप्त गरेका विद्यार्थीहरूलाई बिर्तामोड एजुकेशन फाउन्डेसन फिक्कल शाखाले एक विशेष सम्मान कार्यक्रममार्फत सम्मान गरेको छ।
बिर्तामोड एजुकेशन फाउन्डेसनले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई कदरपत्र प्रदान गरेको हो। कार्यक्रममा कम्प्युटर कोर्ष सकेका विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो।



कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेका दुई विद्यालयहरू – फिक्कल माध्यमिक विद्यालय र एभर्ल्याण्ड इन्टरनेसनल एकेडेमीलाई नगद पुरस्कार सहित सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि फिक्कल माध्यमिक विद्यालयका शिक्षक मातृका दाहाल तथा विशिष्ट अतिथि अनिल राई रहेका थिए। अन्य अतिथिहरूमा शोभाराई, रोशन श्रेष्ठ, होमादेवी भट्टराई, विष्णुमाया गुरुङ, रोमन श्रेष्ठ, रमेश भट्टराई, लगायतको उपस्थिति थियो।
विद्यार्थीहरूका शैक्षिक उपलब्धिलाई सम्मान गर्दै अभिभावक, शिक्षक, र समाजका अगुवाहरूको साथमा कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको बिर्तामोड एजुकेशन फाउन्डेसन फिक्कल शाखाका रुद्र कार्कीले जानकारी दिएका छन् ।

