सुरुभयो–जिन्दगी लफडै लफडाः(भिडियो सहित)

द्वारा प्रकाशित गरिएको हो |
२०८२ श्रावण ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम– एचकेआर इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हास्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ साउन ६ गते साँझ ६ बजे सार्वजनिक गरिएको छ ।

समाजका विविध पक्षलाई समेटेर बनाइएको यो टेलिफिल्मले दर्शकलाई हास्यसहितको गहिरो सन्देश दिन खोजेको छ ।

नेपाल–भारत सीमावर्ती बजार इलामको सूर्योदय नगरपालिका–१ स्थित मंगलबारेमा छायांकन गरिएको टेलिफिल्ममा गाउँघरको मौलिक भाषा, चलनचल्तीका शब्द र सामाजिक परिवेश चित्रण गरिएको छ । हिमाल, पहाड, तराई र छिमेकी देश भारत साथै विदेशिएका नेपालीको कथासमेत जोडिएको टेलिफिल्मले नेपाली समाजको समग्र जीवनशैली उजागर गर्ने प्रयास गरेको पत्रकार तथा सिरियलका कलाकार विक्रम सुन्दासले बताएका छन् ।

निर्देशक तथा कथाकार हिकस राईका अनुसार टेलिफिल्ममा हास्य र भावनात्मक दुवै आयाम समेटिएका छन् । ‘दर्शकले एकछिन हाँसोका खित्का पाउनेछन् भने अर्कातिर आँसुका थोपा पनि पाउनेछन्,’ उनले भने ।

सिरियलमा इलामका पत्रकार विक्रम सुन्दासले मोहनलाल पात्रको भूमिका निर्वाह गरेका छन् । मोडल मुकेश गुरुङले चुलबुले, साहिल कार्कीले भैरे, विपना लेप्चाले आमा, हेम गेसाले देशीकान्छा, निकिता राईले चाँचरी, कुलमित लेप्चाले ठूली, प्रमोद सुब्बाले सालो, सूचन साम्पाङ राईले छोरा र हिकस राईले विदेशीको भूमिकामा अभिनय गरेका छन् ।

एचकेआर इन्टरटेन्मेन्टको युट्युब च्यानलमा यो टेलिफिल्म हेर्न सकिने र दर्शकले मन पराउने आशा गरेको पत्रकार सुन्दासले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय